पर्यटन

धमाधम सालका रुख फडानी, जंगल फाँडेर कब्जा गर्ने गिरोह सकृय



दाङ ९ फागुन ।दाङमा लालपुर्जा पाउनको लागि  एउटा राष्ट्रिय वनमा केही स्थानिय ब्यक्तिहरुले सयौँ सालका रुखहरु काटेका छन् ।  तुलसीपुर उपमहानगरपालिका  ८ कटकुँइया स्थित गुह्य डाँडामा  सयौँ सालका रुखहरु काटेको स्थानियहरुले बताएका छन् ।

    सालका रुखहरुले भरिएको डाँडा गाउँलेले फागुन ४ गतेको आसपासमा मिलेर रुख काटेपछि हाल उजाड बनेको छ । साना, ठूला सबै रुखहरु काटेर त्यो ठाउँ आफुहरुले भोगचलन गर्दै आएको देखाउन उनीहरु  ती सालका रुखहरु काटेर स्थानीयहरुले बताए ।

    डाँडाको सिधँप्रति जग्गा भएका व्यक्तिहरुले सालका रुखहरु काटेर सखाप पारेका छन् ।  उनीहरुले आफुले भोग चलन गरेको देखाउन र सुकुम्बासी, भुमिहिन, अब्यवस्थित बसोबासको लागि फारम भरेर जग्गाको पूर्जा पाउँनको लागि  ति रुखहरु काटेको हुन सक्ने स्थानियहरुको भनाइ छ ।  रुख काटेको देखिपछि तुलसीपुर सब डिभिजन कार्यालयलाई जानकारी गराएको नजिकै रहेको महालक्ष्मी सामुदायिक वनका अध्यक्ष तारा प्रसाद देवकोटाले बताउनुभयो ।

राष्ट्रिय वन अन्तरगत रहेको उक्त डाँडामा रहेका २ सय ४८ सालका बलाबलीहरु काटेको  सखाप पारेको तुलसीपुर सब डिभिजन कार्यालयका सहायक वन अधिकृत विनोद साहले बताउनुभयो   । अहिले आफुहरुले अनुसन्धान गरिहेको र दोषी पत्ता लगाइ काननु  अनुसार कारबाही गरिने समेत उहाँले बताउनुभयो ।

प्रकाशित : ९ फाल्गुन २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६