अन्तर्राष्ट्रिय

कोरोना महामारीको चपेटामा भारत, जोखिम बढेको भन्दै भीडभाडमा प्रतिबन्धको घोषणा



काठमाडौँ १० फागुन । महाराष्ट्रमा सार्वजनिक भेलामा नै रोक लगाइएको छ । महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरेले कोरोनाको जोखिम बढेको भन्दै भीडभाडमा प्रतिबन्धको घोषणा गर्नु भएको छ । राजनीतिक, धार्मिक तथा सामाजिक कार्यको नाममा भेला गर्न नपाइने उहाँले बताउनु भएको छ ।

एक टेलिभिजनमार्फत नागरिकलाई सम्बोधन गर्दै उहाँले अबको केही दिन राजनीतिक आन्दोलन गर्न पनि नपाइने बताउनुभएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । कोरोनाको महामारी तीव्र गतिमा फैलिरहेकाले यो निर्णय गरिएको र यो निर्णयले कोरोनाको नयाँ लहर हो की होइन भने अबको ८ देखि १५ दिनभित्र थाहा हुने उहाँले बताउनुभयो ।

लकडाउनले कोरोनाको समस्या समाधान हुन नसके पनि भाइरसलाई नियन्त्रण गर्ने एक मात्र विकल्प भएको उहाँले बताउनुभयो । मुख्यमन्त्री ठाकरेले कोरोना नियन्त्रणका लागि अपनाइएको सुरक्षाका मापदण्ड पालना गर्नु पर्ने र नगरे कारबाहीसमेत हुने बताउनु भएको छ । कोरोना विरुद्धको लडाइँ जित्न मास्क नै उपयुक्त हतियार भएको पनि उहाँको भनाइ छ ।

कोरोना सङ्क्रमण बढेपछि  महाराष्ट्रको अमरावती र अकोला जिल्लामा एक हप्ताका लागि लकडाउन गर्न लागिएको छ । लकडाउन मार्च महिनादेखि लागू हुनेछ । लकडाउन भए पनि अत्यावश्यक सेवा भने सञ्चालन हुनेछन् । सङ्क्रमण बढ्दै गएपछि पूणेमा रात्रिकालीन कर्फ्यु लगाइएको छ ।भारतको स्वास्थ्य मन्त्रालयकाअनुसार महाराष्ट्र, केरला, आन्ध्र प्रदेश, गोवा र चण्डीगढमा कोरोना भाइरसको सङ्क्रमण तीव्र गतिले बढेको छ । 

प्रकाशित : १० फाल्गुन २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६