पर्यटन

हात्तिपाइलेको औषधी अनिवार्य गर्ने स्थानीय सरकारको निर्णय



 कपिलवस्तु १० फागुन ।लुम्बिनी प्रदेशका सांसद विष्णु पन्थीले हात्तिपाइले रोग विरुद्धको औषधि हेलचेक्राई नगरि सेवन गर्नु सबैमा आग्रह गर्नुभएको छ । यो रोग एक व्यक्तिबाट आर्को व्यक्तिमा सजिलै सर्ने भएकाले हेलचक्राई नगरि औषधी सेवन गर्न आग्रह गर्नुभएको हो ।  आज बाणगंगा नगरपालिकाको सभा हलमा भएको हात्तीपाइले फाईलेरिया रोग निवारण एम डि ए  नगर स्तरिय अभिमुखिकरण गोष्ठीमा बोल्दै उहाले यस्तो आग्रह गर्नुभएको हो । उहाले औषधि प्रतिको नकरात्मक धारणा  कारण जिल्लामा अभियान सफल हुन नसकेको बताउनुभयो ।  

    उहाले हात्तिपाइले रोग निवारणमा सबै पक्ष सक्रियता पूर्वक लागे मात्रै यो अभियान सफल पर्न सकिने बताउनुभयो । यस्तै कार्यक्रमा नगरप्रमुख मंगल प्रसाद थारुले बोल्दै गत वर्ष नगरभित्र ९० प्रतिशत नागरिकले  हात्तिपाइले रोग विरुद्धको औषधी सेवन गरेकोमा  यसको जोखिम कायमै रहेका कारण यस बर्ष सत प्रतिशत नागरिकलाई औषधी खुवाउने गरि लाग्नु पर्ने औल्याउनुभयो ।  उहाले यसपाली यो औषधी सबैकालागि अनिवार्य गर्ने हाम्रो निर्णय छ जनताले यसलाई पालना गर्नु परयो भन्नु भयो ।

    कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलले आर्थिक बर्ष २०७६।०७७ कोे तथ्यांक प्रस्तुत गर्नुभएको थियो । जसअनुसार पिपरा अस्पतालमा १५ हजार ३ सय ७९ जनालाई हात्तिपाईले रोग विरुद्धको औषधी खुवाने लक्ष्य रहेपनि १३ हजार ६ सय ६१ जना ८९ प्रतिशतले मात्र औषधी सेवन गरेको उहाले जनाकारी गराउनु भएको थियो । यस्तै गजेहडा स्वास्थ्य चौकी बाट १४ हजार ८४ जनालाई औषधी खुवाने लक्ष्य रहेपनि जम्म १३ हजार १ सय ९४ जना ९२ प्रतिशले  मात्र सेवन गरका थिए ।

    यस्तै कोपवा स्वास्थ्य चौकीको १० हजार ८ सय ४६ लक्ष्य रहेकोमा ९ हजार ८ सय ४४ जना ९१ प्रतिशतले सेवन गरेको, मातिपुर स्वास्थ्य चौकीको १४ हजार ५ सय ५८ लक्ष्य रहेकोमा १३ हजार ६ सय ५८ जना ९४ प्रतिशत, भलवाड स्वास्थ्य चौकीको  ६ हजार ८६ लक्ष्य रहेकोमा ५ हजार ७ सय ८३ जना ९५ प्रतिशत, पटना स्वास्थ्या चौकीको ९ हजार २ सय ३८ लक्ष्य रहेकोमा ७ हजार ३ सय जना ७९ प्रतिशत र हथौसा स्वास्थ्य चौकीको ७ हजार ८ सय ३० लक्ष्य रहेकोमा ६ हजार ७ सय ८९ जना ८७ प्रतिशतले मात्रै हात्तिपाईले रोग विरुद्धको औषधी सेवन गरेको तथ्यांकले देखाएको छ ।

    समग्र नगरपालिका भरी ९० प्रतिशतले मात्रै यो औषधी सेवन गरेको शाखा प्रमुख ठगराज पौडेलले जानकारी दिनुभएको थियो ।  सत प्रतिशत नागरिकले औषधी सेवन नगर्दा सम्म यो रोगको जोखिम कायमै रहने भएको भन्दै २ बर्षमुनिका बालबालिका, गर्भवती तथा ७ दिन भित्रका सुत्केरी महिला र सिकिस्त विरामी बाहेक सबैले अनिवार्य रुपमा औषधी खानुपर्नेमा जोड दिनुभयो । नगरभित्र यही फाल्गुण २९ गते देखि १२ औ चरणको हात्तिपाईले रोग विरुद्धको आम औषधी सेवन कार्यक्रम संचालन हुने लागेको समेत उहाले बताउनुभयो ।

    यस्तै त्यो भन्दा पहिले फाल्गुण १३ देखि १६ गते सम्म हात्तिपाईले रोग विरुद्ध आम औषधी सेवन सम्बन्धी स्वास्थ्यकर्मीहरुलाई तालिम,  १७ देखि २५ गते सम्म वडा स्तरमा महिला स्वास्थ्य स्वयम सेविकाहरु र जनप्रतिनिधी  विच अभिमुखिकरण र २९ गते देखि औषधी सेवन कार्यक्रम सुरु हुनेछ ।  औषधी सेवन कार्यक्रम एक हप्ता देखि १५ दिन सम्म संचालन हुनेछ । 

     अभिमुखिकरण कार्यक्रम नगर उपप्रमुख चक्रपाणी अर्यालको अध्यक्षता, सांसद विष्णु पन्थीको प्रमुख अतिथ्यता, नगर प्रमुख मंगल थारुको विशिष्ट आतिथ्यता तथा स्वास्थ्य शाखा अधिकृत भक्तिराम पाण्डेको संचालनमा सम्पन्न भएको हो । कार्यक्रममा जिल्ला अस्पतालका … गणेश क्षेत्रीले हात्तिपाईले रोग लाग्ने तरिका, रोगबाट बच्ने उपाय, रोग लागि सकेपछि देखा पर्ने समस्या लगाएतको बारेमा सहजिकरण गर्नुभएको थियो ।

प्रकाशित : १० फाल्गुन २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६