अन्तर्राष्ट्रिय

भारतमा पीसीआर नेगेटिभ रिपोर्ट विना विदेशी नागरिकहरुलाई आफ्नो देश प्रवेशमा रोक



काठमाडौं १२ फागुन । भारत सरकारले पीसीआर नेगेटिभ रिपोर्ट विना विदेशी नागरिकहरुलाई आफ्नो देश प्रवेशमा रोक लगाएको छ । विना परीक्षण तथा विना कोभिड–१९ प्रमाणीकरण मुलुकमा विदेशीहरुलाई प्रवेश दिँदा थप जोखिम बढेको जनाउँदै भारत सरकारले यस्तो प्रतिबन्ध लगाएको हो ।

हालसम्मको खुल्ला प्रवेशलाई निषेध गर्दै भारत सरकारले देश भ्रमणमा आउने जो कोही यात्रुले यात्रा पूर्व नै अनलाइनमा पीसीआर परीक्षणको नेगेटिभ रिपोर्ट पेस गर्नुपर्ने प्रावधानको व्यवस्था गरेको छ । योसँगै अबभारत जान चाहने सबै यात्रुहरुले यात्रा पूर्वनै अनलाइनमा आफ्नो स्वास्थ्य परिक्षण पीसीआर नेगेटिभ रिपोर्ट पेस गर्नुपर्ने छ । यद्यपि यस्तो प्रावधान भने हवाई मार्ग भएर जाने यात्रुहरूका लागि मात्र हो ।

त्यसो त यसअघिसम्म भारत भ्रमणमा जाने यात्रुले पीसीआर रिपोर्ट र सेल्फ डिक्लिरेन्स फारम साथमा लगेर गए मात्र हुनेमा अहिले यी दुबै रिपोर्ट अनिवार्य अनलाइनमा अपलोड गर्नुपर्ने व्यवस्था गरेको हो । अन्यथा अनलाइन अपलोड नगरी यात्रा गर्न खोजेमा उक्त व्यक्तिले यात्राको अनुमति नपाउने भारतीय हेल्थ तथा फेम्ली वेलफेयर मन्त्रालयले जनाएको छ ।पीसीआर रिपोर्ट र सेल्फ डिक्लिेरेशन फारम भने नयाँ दिल्लीस्थित विमानस्थलको वेभसाइटमा उपलब्ध रहेको छ । हाल नेपाल–भारत नेपाल एयरलाइन्स र एयर इण्डिया दुईवटा मात्र एयरलाइन्सले उडान भर्दै आइरहेका छन् ।

प्रकाशित : १२ फाल्गुन २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६