अर्थ-वाणिज्य

कपिलवस्तु मदिरा व्यावसायी संघमा पुनः कक्षपती कै नेतृत्व



कपिलवस्तु १४ फागुन। कपिलवस्तु मदिरा व्यावसायी संघको छैठौ साधारण सभा तथा चौथो अधिवेशन सम्पन्न भएको छ । जिल्लाको गोरुसिगेमा भएको साधारण सभा तथा अधिवेशनले पुन सन्देश कक्षपतीलाई अध्यक्षमा चयन गरेको छ । जसको  वरिष्ठ उपाध्यक्षमा कुलचन्द्र सिग्देल,उपाध्यक्षमा परशुराम भरी,महासचिवमा गोविन्द प्रसाद पौडेल,सचिवमा मधु सिग्देल,कोषाध्यक्षमा विष्णु प्रसाद सापकोटा सहित १३ सदस्य चयन गरिएको छ ।

कार्यक्रममा बोल्ने वक्ताहरुले राज्यले मदिरा व्यावसायिहरुलाई हेर्ने दृष्टिकोण बदल्नुपर्ने जनाएका छन् । कार्यक्रममा वार्षिक प्रतिवदेन पेश गर्दै संघका महासचिव गोबिन्द प्रसाद पौडेलले अवैध तथा घरेलु मदिरा नियन्त्रण गर्न नसक्नु,बैक व्याजदर,घरवहाल कर लगाएतका समस्याले व्यावसाय गर्न चुनौती थपिएको बताउनुभयो । महामारीले थलिएको समयमा पसन मदिरा व्यावसायीले सामाजिक क्षेत्र कृयसिल भएर काम गरेको बताउनुभयो । व्यावसायीहरुलाई कर शिक्षा नहुदा समयमा कर तिर्न नसक्नु,दर्ता पकृयाको बारेमा जानकार नहुनु लगाएतको कारणले समस्या सिर्जना भएको बताउनुभयो । पौडेलले संस्थाका भावि योजना र गत वर्ष गरेका गतिविधिको बारेमय जानकारी गराउनुभएको थियो ।

मदिरा व्यावसायी संघका केन्द्रिय अध्यक्ष सनम सेर्पाले मदिरा व्यावसायीहरु एकजुट हुन आवश्यक रहेको बताउनुभयो । कोरोना महामारी कारण मुलुकमा लकडाउन भएपछि कतिपय व्यावसायीहरु व्यावसायी नै छोड्ने अवस्था आएको उहाँले बताउनुभयो । राज्यलाई विभिन्न बाहाना कर तिरेपनि हक अधिकार लागि एकजुट भएर अघि बढनुपर्ने बताउनुभयो । बुद्धभुमि नगरपालिकाका नगरप्रमुख केशव कुमार श्रेष्ठले राज्य नियमअनुसार संचालन भएका व्यावसायिहरुलाई स्थानिय तहले कुनै समस्या पर्ने काम नगरेको बताउनुभयो । व्यावसायीहरुले पकृया पुराए व्यावसाय संचालन गर्नुपर्ने बताउँदै एउटा कारणले सबै बदनाम हुने स्थिती आएको बताउनुभयो ।

आन्तरिक राजस्व कार्यालय कृष्णनगरका प्रमुख दिनेश पाण्डेले कर तिरेर व्यावसाय गर्नेहरु प्रति सरकारले हेर्ने दृष्टिकोण फरक नरहेको बताउनुभयो । मर्कामा परेका व्यावसायिहरुको सहजिकरणको लागि कार्यालय तत्पर रहेको भन्दै सबै क्षेत्रमा कर शिक्षा प्रभावकारी रुपमा संचालन गरिरहेको बताउनुभयो । अबैध मदिरा नियन्त्रणको लागि समिति बनाएको भन्दै अवैध कारोवारको सुचना दिनुपर्ने उहाँको भनाई थियो । कार्यक्रममा केन्द्रिय सदस्य विष्णु श्रेष्ठ,राजेन्द्र केसी,लुम्बिनी प्रदेश अध्यक्ष गिरिराज पौडेल,सस्थापक अध्यक्ष घनश्याम पौडेल लगाएतले नयाँ  समितिलाई सफल कार्यकालको शुभकामना दिए ।सन्देश कक्षपतीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला भरका मदिरा व्यावसायीहरुको सहभागिता रहेको थियो ।

प्रकाशित : १४ फाल्गुन २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६