पर्यटन

शुद्धोदन गाउँपालिकाको आयोजनामा रमाईलो मेला सुरु



बुटवल १४ फागुन । नेपाल मगर संघ शुद्धोदन गाउँपालिकाको आयोजनामा विहिबारदेखि रमाईलो मेला सुरु भएको छ । ३९ औं मगर एकता दिवसको अवसरमा सुद्धोधन-५ मानपकडीको कोटहीमाइ मन्दिर दरबहवाको प्राङ्गणमा आयोजित मेलाको लुम्बिनी प्रदेशसभा सदस्य तुल्सीप्रसाद चौधरीले परेवा उडाएर उद्घाटन गरे ।उद्घाटनका अवसरमा बोल्दै चौधरीले एकताको दिवस मनाउने मगर समुदायको एकमात्र परम्परालाई जोगाई राख्न र सम्पूर्ण आदिवासी जनजातिको अधिकारका लागि सबै एक ठाउँमा उभिन आह्वान गरे ।

लुम्बिनी प्रदेश सभा सदस्य पुष्पा चौधरीले मगरहरु र थारु समुदायमा शिक्षाको कमीकमजोरीका कारण पिछडिएको बताउँदै सरकारले यी समुदायहरुलाई निःशुल्क शिक्षाको व्यवस्था गर्नुपर्नेमा जोड दिइन् । यस्तै गाउँपालिकाका अध्यक्ष किसुनचन्द चौधरीले कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्दै मेलाले एकता झल्काएको बताए ।तीन दिनसम्म चल्ने मेलामा विभिन्न खेलकूद प्रतियोगिता, साँस्कृतिक कार्यक्रम तथा बाल उद्यानहरु समेत सञ्चालनमा आएका छन् । मेलामा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको विशेष साँस्कृतिक प्रस्तुतीका साथै मगर परम्पराका विभिन्न परिकारहरु चाख्न पाइने संघका सदस्य रवि रानाले जानकारी दिए ।

प्रकाशित : १४ फाल्गुन २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६