पर्यटन

कपिलबस्तुका पौडेल सहित ३६ सिडियो सरुवा



दाङ १४ फागुन । गृह मन्त्रालयले कपिलबस्तुका प्रमुख जिलला अधिकारी दिर्घनारायण पौडेल  सहित ३६ जिल्लाका प्रमुखको सरुवा गरेको छ । यता कपिलबस्तुमा नया प्रमुख जिल्ला अधिकारीको रुपमा चक्रपाणी पाण्डे सरुवा भई आउनु भएको छ ।  यसअघि पाण्डे उदरपुर जिल्लामा कार्यरत रहनु भएको थियो । कपिलबस्तुका पौडेल भने अब दाङमा नयाँ प्रमुख जिल्ला अधिकारीको रुपमा सरुवा हुनु भएको छ ।

यस्तै दाङका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य  भने गृहमन्त्रालयमा तानिनु भएको छ । गृह मन्त्रालयले एकै पटक २५ जना सहसचिव र २७ जना उपसचिव गरी ५२ अधिकारीको सरुवा गरेको छ । जसमा ३६ जना प्रमुख जिल्ला अधिकारी रहेका छन् । गृह मन्त्रालयलले कपिलबस्तु सहित पाल्पा, सिन्धुली, गोरखा, महोत्तरी, सिन्धुपाल्चोक, सुनसरी, सप्तरी, धादिङ, कास्की, उदयपुर, कैलाली, दांङ, बर्दिया, सर्लाही, बारा, स्याङ्जा, बाग्लुङ, सुर्खेत, रामेछाप, ओखलढुङ्गा, सल्यान लगायत जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ ।

प्रकाशित : १४ फाल्गुन २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६