पर्यटन

दाङको ऐतिहासिक ‘भोटे मेला आजदेखि सुरु



दाङ २७ फागुन । दाङको ऐतिहासिक ‘भोटे मेला आजदेखि सुरु भएको छ ।जुम्ला, हुम्ला, मुगुलगायतबाट यार्सागुम्बा, जडीबुटी, राडी, कम्बल बेच्न आएका भोटेहरूले दाङको तुलसीपुरमा भोटे मेला लगाउने गरेको इतिहास छ ।पछिल्लो समय २०६१ सालदेखि बन्द रहेको यो मेला गएको वर्षदेखि दाङबासीले नै चासोका साथ  पुनःसञ्चालन गरेका हुन् । ऐतिहासिक मेलालाई संरक्षण गर्ने उद्देश्यले मेला लगाउन सुरु गरिएको तुलसीपुर उपमहानगरपालिका कार्यपालिका सदस्य दीपक कुमालले बताउनुभयो ।

उहाँकाअनुसार मेला आउँदो चैत २ गतेसम्म सञ्चालन हुनेछ । यो मेलाको लुम्बिनी प्रदेशसभा सदस्य डिल्लीबहादुर चौधरीले मेला ऐतिहासिक भएकाले यसलाई संरक्षण गर्नुपर्ने बताउनुभयो । उहाँकाअनुसार यस मेलाको विशेषता नै घोडा दौड हो, यस प्रतियोगितालाई राष्ट्रियस्तरको बनाउनुपर्छ । मेलालाई परिस्कृत गरेर थप व्यवस्थित गर्नुपर्ने उहाँले बताउनुभयो ।

कार्यक्रममा उपमहानगरपालिकाका उपप्रमुख माया आचार्यले उपमहानगरपालिकाभित्रका धार्मिक तथा पर्यटकीयस्थलको संरक्षण गरिएको भन्दै यसलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । यस मेलालाई ऐतिहासिक झल्किने गरी मेलालाई निरन्तरता दिने बताउनुभयो । तुलसीपुर उपमहानगरपालिका(७ मा रहेको पर्सेनीमा यो मेला लाग्ने गरेको छ ।वडाध्यक्ष टोपबहादुर केसीकाअनुसार पहिले सार्वजनिक जग्गामा मेला लगाइने गरिएको भए पनि त्यो जग्गा अतिक्रमणमा परेकाले खोलामा मेला लगाउनुपर्ने बाध्यता छ । उहाँले नजिकै  शवदाहस्थल तथा विद्यालय जाने बाटोसमेत भएकाले अन्य ठाउँमा सार्नुपर्ने अवस्था रहेको बताउनुभयो ।

सार्वजनिक जग्गामा संरचनासमेत बनेकाले अन्य ठाउँमा मेलाका लागि ठाउँ खोजी भइरहेको उहाँले बताउनुभयो । मेलामा घोडा दौड प्रतियोगितासमेत गराइएको थियो । छ दिनसम्म चल्ने मेलामा विभिन्न सांस्कृतिक प्रस्तुति रहनेछन् ।मेलामा १३० स्टल राख्नुका साथै बालउद्यान, मौतकी कुवा, पिङलगायत मनोरञ्जनका सामग्रीसमेत राखिएको छ । साथै स्थानीय उत्पादन प्रवर्द्धन, स्थानीय लोक संस्कृति संरक्षण, देउडा नाचलगायत प्रस्तुत गरिनेछ।

प्रकाशित : २७ फाल्गुन २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६