अन्तर्राष्ट्रिय

विश्वभर कोरोना संक्रमितको संख्या १२ करोड नाघ्यो्



काठमाडौँ १ चैत्र । विश्वभर कोरोना संक्रमितको संख्या १२ करोड नाघेको छ । पछिल्लो २४ घण्टामा ४ लाख ३४ हजार ८०८ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै विश्वभर संक्रमितको संख्या १२ करोड ३५ हजार ५९० पुगेको छ ।होम तथा संस्थागत आइसोलसनमा रहने सक्रिय संक्रिमतको संख्या २ करोड ८ लाख ३ हजार ६८९ छ । यसमध्ये ८९ हजार २७१ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।पछिल्लो २४ घण्टामा ७ हजार ८५६ जनाको मृत्यु भएको छ । योसँगै विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या २६ लाख ५८ हजार ८८७ पुगेको छ ।

कोरोनाले विश्वमा सबैभन्दा बढी संयुक्त राज्य अमेरिका प्रभावित भएको छ । हालसम्म अमेरिकामा पाँच लाख ४६ हजार ५६७ जनाको मृत्यु भएको छ । यसैगरी ब्राजिलमा २ लाख ७७ हजार २१६ जना, भारतमा १ लाख ५८ हजार ६४२ जना, रूसमा ९१ हजार ६९५ जना, बेलायतमा १ लाख २५ हजार ४६४ जना, फ्रान्समा ९० हजार ३१५ जना, इटालीमा १लाख १ हजार ८८१ जनाको मृत्यु भएको छ ।यो समाचार तयार पार्दासम्म विश्वभर ९ करोड ६५ लाख ७३ हजारभन्दा धेरै व्यक्तिले कोरोना भाइरसको संक्रमण जितेका छन् ।पछिल्लो २४ घण्टामा ३ लाख ८ हजार ६३६ जना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित : १ चैत्र २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६