पर्यटन

बालसंगठन कपिलवस्तुमा जिम्मेबारी ताकियो



कपिलवस्तु ६ चैत ।नेपाल बाल संगठन कपिलवस्तुको अधिबेशनमा निर्बिरोध निर्वाचित कार्य समितिको जिम्मेबारी बाडफाड गरिएको छ । तौलिहवामा शुक्रवार बसेको कार्य समितिको बैठकले सो जिम्मेवारी तोकेको हो ।


गत फागुन २२ गते संगठनको तौलिहवामा संपन्न अधिबेशनमा गोपालमणि ज्ञवालीको अध्यक्षतामा ८ सदस्यीय कार्य समिति निर्बिरोध चयन गरेको थियो। शुक्रवारको कार्य समिति बैठकले उपाध्यक्षमा श्याम प्रसाद सुबेदी, सचिवमा श्याम प्रजापति, कोषाध्यक्षमा संतोष श्रीवास्तवलाई जिम्मेदारी दिएको अध्यक्ष ज्ञवालीले बताए ।

गत फागुन २२ गते निर्मला न्यौपाने, प्रेमकला थापा, संदीप प्रसाद मौर्य, र कृष्ण प्रसाद सापकोटा सदस्यमा चयन भएका थिए । अध्यक्ष ज्ञवालीले बालसंठन र बालगुहको विकास योजनाबद्धरुपमा अघि बढाईने बताए । 

प्रकाशित : ६ चैत्र २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६