अन्तर्राष्ट्रिय

भारतमा कोरोना भाइरसको सङ्क्रमणमा दैनिक नयाँ रेकर्ड कायम



काठमाण्डौ १३ चैत्र । भारतमा कोरोना भाइरसको सङ्क्रमणमा दैनिक नयाँ रेकर्ड कायम हुन थालेको छ ।पछिल्लो २४ घण्टामा भारतमा ५९ हजारभन्दा धेरै नयाँ सङ्क्रमित भेटिएका छन्  । वल्डओमिटरका अनुसार गएको २४ घण्टामा भारतमा ५९ हजार ६९ जनामा सङ्क्रमण पुष्टि भएको छ ।एकैदिन सङ्क्रमित पुष्टि भएको यो संख्या भारतमा यो वर्षकै धेरै हो । यसअघि बिहीवार  ५३ हजारभन्दा धेरै सङ्क्रमित भेटिएका थिए । गएको २४ घण्टामा महाराष्ट्रमा मात्रै ३५ हजार ९ सय ५२ जना नयाँ सङ्क्रमित भेटिएका छन् ।

यस्तै, पन्जाबमा दुई हजार ७ सय, गुजरातमा एक हजार ९ सय ६१, तामिलनाडुमा एक हजार सात सय ७९, दिल्लीमा एक हजार ५ सय १५ जना नयाँ सङ्क्रमित थपिएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारतका महाराष्ट्र, गुजरात, पन्जाब, केरला, मध्यप्रदेश लगायतका ठाउँमा कोरोनाको नयाँ सङ्क्रमण बढ्दै गएको छ ।गएको २४ घण्टामा कोरोना सङ्क्रमणबाट २ सय ५७ जनाको ज्यान गएको छ । योसँगै भारतमा अहिलेसम्म ज्यान गुमाउनेको संख्या १ लाख ६० हजार ९८३ पुगेको छ। भारतमा अहिलेसम्म एक करोड १८ लाखभन्दा धेरैलाई कोरोना भाइरसको सङ्क्रमण भएको छ । 

प्रकाशित : १३ चैत्र २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६