अन्तर्राष्ट्रिय

२४ घण्टामा ६२ हजारभन्दा धेरैलाई सङ्क्रमण



काठमाण्डौ १५ चैत्र ।  भारतमा कोरोना भाइरसको सङ्क्रमण थप फैलँदै गएको छ ।गएको २४ घण्टामा ६२ हजारभन्दा धेरैलाई सङ्क्रमण  भएको छ भने ३ सय १२ जनाको ज्यान गएको छ ।सङ्क्रमण बढ्दै गएकाले महाराष्ट्र र दिल्लीमा थप कडाइ गरिएको छ । फागु पर्वमा सङ्क्रमण फैलिन सक्ने भन्दै कडाइ गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।महाराष्ट्रमा अहिले रात्रिकालीन कर्फ्यू छ भने दिल्लीमा मिनी लकडाउन छ । भारतमा अहिले ४ लाख ८६ हजारभन्दा धेरै सक्रिय सङ्क्रमित छन् । ६ करोड दुई लाखभन्दा धेरैले कोरोनाविरुद्धको खोप लगाएका छन् ।भारतमा अहिलेसम्म एक करोड १९ लाखभन्दा धेरैलाई सङ्क्रमण भएको छ भने एक लाख ६१ हजारभन्दा धेरैको ज्यान गएको छ । 

प्रकाशित : १५ चैत्र २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६