अर्थ-वाणिज्य

२ पूर्व प्रधानमन्त्री र अख्तियारमाथि भ्रष्टाचार मुद्धा ,निर्णयका फाइल झिकाउने सर्वाेच्चको आदेश



ललितपुर १६ चैत । सर्वोच्च अदालतले ललिता निवास प्रकरणमा तत्कालीन प्रधानमन्त्रीद्वय बाबुराम भट्टराई र माधवकुमार नेपालको कार्यकालमा मन्त्रिपरिषद्बाट भएका निर्णय मगाउन आदेश दिएको छ । सोमबार न्यायाधीशहरू अनिलकुमार सिन्हा र हरिप्रसाद फुयालको इजलासले त्यस बेला मन्त्रिपरिषदबाट भएका निर्णय तथा सम्बन्धीत प्रस्ताव समेतको प्रतिलिपि झिकाउन आदेश दिएको हो ।

पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र बाबुराम भट्टराई नेतृत्वको सरकारले ललितानिवासको जग्गा व्यक्तिको नाममा सट्टापट्टा गर्ने निर्णय गरेको थियो । नक्कली मोही खडा गरी व्यक्तिको नाममा पु¥याउने उनीहरूलाई अख्तियारले भ्रष्टाचार मुद्दा लगाउनुपर्ने भन्दै बरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले रिट दायर गर्नुभएको थियो । यसअघि सर्वोच्चले ललितानिवास प्रकरणमा अख्तियारले विशेष अदालतमा चलाएको मुद्दाको मिसल झिकाउने आदेश गरेको थियो । न्यौपानेको रिटमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगसमेतलाई विपक्षी बनाइएको छ ।

प्रकाशित : १६ चैत्र २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६