कर्णाली, १६ कात्तिक
कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरमा आर्थिक मामिला परिषद् बैठक सुरु भएको छ । परिषद् बैठकको उद्घाटन कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले आज गर्नुभएको हो । कर्णाली प्रदेश सरकार आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव लीलाप्रसाद शर्माले मुलुकमा सङ्घीयताको तीन तहको अभ्यास भइरहेकाले यसबीचमा देखिएका वित्तीय समस्या र असल अभ्यसाका विषयमा बैठकमा गहन छलफल हुने बताउनुभयो । उहाँका अनुसार परिषद् बैठकमा वित्तीय सङ्घीयता सुदृढीकरणका लागि अन्तर तह समन्वय तथा तहगत भूमिका, प्रदेशहरुले गरेका असल अभ्यास, कार्यान्वयनको अवस्था, देखिएका समस्या, चुनौती, आगामी कार्यदिशा र अघिल्लो बैठकका निर्णयको समीक्षा, भोगाइ तथा अनुभवका बारेमा छलफल गरिनेछ । कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री टेकराज पछाईले अध्यक्षता गर्नुभएको उक्त बैठकमा कोशी, मधेस, बागमती र लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री क्रमशः विदुरकुमार लिङ्थेप, युवराज भट्टराई, सरल सहयात्री पौडेल, इन्द्रजित थारु, कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष डा भीमबहादुर खत्री र डा खिमलाल देवकोटा सहभागी हुनुभएको छ । त्यस्तै, छ प्रदेशका आर्थिक मामिला मन्त्रालयका प्रदेश सचिव क्रमशः कोशहरि निरौला (कोशी), सेवन्तक पोखरेल (मधेस), नारायणप्रसाद मैनाली (बागमती, डाटोकराज पाण्डे (गण्डकी), नि.प्रदेश सचिव नारायणप्रसाद पौडेल (लुम्बिनी) र लीलाप्रसाद शर्मा(कर्णाली)को सहभागिता रहेको छ ।









प्रतिक्रिया