अर्थ-वाणिज्य

जोडियो पोखरा र नेपालगंज ,प्रदेश ५ र ४ बीच सिधा उडान



वाँके १७ चैत ।मुलुककै आकर्षक पर्यटकीय गन्तव्य मध्येको पोखरासँग हवाई सम्बन्ध स्थापित गरेको नेपालगन्जले यसको निरन्तरताका लागि बुद्ध एयरको साथ पाउने भएको छ । बुद्ध एयरले नेपालगन्ज–पोखरा–नेपालगन्जका लागि नियमित सुविधा सम्पन्न जहाज उडाउने भएको हो ।‘आगामी अप्रील दोस्रो सातादेखि बुद्धले नियमित सेडुअल फ्लाइट तयारी थालेको छ,’ बिहीवार नेपालगन्जमा आयोजित छलफलमा बुद्ध एयरका मार्केटिङ डाइरेक्टर रुपेश जोशीले नेपालगन्ज–पोखराको उडान तयारीबारे औपचारिक जानकारी दिएको बताउँदै नाट्टा नेपालगन्जका अध्यक्ष श्रीराम सिग्देलले भने ।

सिग्देलकै अग्रसरतामा गत फागुन ७ गतेदेखि पहिलोपटक नेपालगन्ज–पोखरा– नेपालगन्ज सिता एयरको नियमित चार्टर फ्लाइट भइरहेको छ । शुरुमा सातामा दुईवटा चार्टर उडान गर्ने समझदारी भएपनि यात्रु बढ्दै गएपछि अहिले थप एक उडान नियमित छ । ‘यो सेवामुखी समझदारी हो,’ सिग्देलले व्यवसायिक वातावरण बनेकाले अब अन्य जहाजहरुले रुचि देखाएको जानकारी दिंदै दैनिक नेपालगन्जसँग भने, ‘पोखरासँगको हवाई सम्बन्ध अब स्थायी ढंगले अगाडी बढ्ने सम्भावना देखियो ।

‘नाट्टाको रिस्कमा भैरहेको चार्टर उडानले नियमित यात्रु पाएपछि’ बुद्धले सेडुअल उडानको योजना बनाएको हो । बुद्धका नेपालगन्ज प्रमुख विनित शाहले कुनै अर्को ठुलो समस्या नआए अप्रील दोस्रो साताबाट उडान निश्चित हुने घोषणा औपचारिक रुपमैं बजार निर्देशकबाट भएको बताए । ‘यो नेपालगन्जका लागि निकै खुशीको कुरा हो,’ शाहले त्यसका लागि आवश्यक बजार अध्ययन र प्राविधिक तयारीमा आफुहरु लागिसकेको बताउँदै भने ।

नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख डा धवल शम्शेर राणाले बुद्धको निर्णयको स्वागत गरे । नियमित उडान शुरु गर्ने बुद्ध एयरको यो निर्णयले नेपालगन्ज –पोखरा पर्यटन प्रर्वद्धनमा ठूलो टेवा पु¥याउने विश्वास नाट्टा अध्यक्ष सिग्देलको छ ।अध्यक्ष सिग्देलका अनुसार, चार्टर उडानका क्रममा भारतीय पर्यटकलगायत आन्तरिक पर्यटकलाई समेत पोखरा भ्रमण गराउने र गण्डकीका पर्यटकलाई बाँके र बर्दिया भ्रमण गराउने उद्देश्यमा सफलता पाइएको छ ।

‘नेपालगञ्ज–पोखरा र पोखरा–नेपालगन्ज हवाई उडानमा यात्रुको चाप बढ्दै गएको छ,’ चार्टर उडान थप गरिएको जानकारी दिंदै अध्यक्ष सिग्देलले भने, ‘एक महिनाका लागि भनेर शुरु भएको अभियानले दुई महिना पुरा गर्न लाग्दा बुद्धले एटिआर ४७ लाई सेडुअल फ्लाइट गर्ने निर्णयले हामीलाई निकै उत्साहित बनाएको छ ।’पर्यटन व्यवसायीहरुका अनुसार, यसबीच बर्दिया निकुञ्ज अवलोकनसँगै भारत जाने पर्यटकहरु पोखराबाट नेपालगन्ज र यहाँका यात्रुहरु पोखरा जाने संख्या दिनहँबढिरहेको छ ।

कोरोनाले सबैभन्दा बढी मारमा परेको पर्यटन क्षेत्रलाई चलायमान बनाउन नाट्टा नेपालगन्जले विभिन्न कार्यक्रमहरु अघि सारिरहेको छ । ‘रारामा यात्रुका सुविधाका लागि पूर्वाधार विकासमा जोड दिइरहेका छौं,’ नेपालगन्जलाई पर्यटकीय ट्राजिटका रुपमा भन्दा हबका रुपमा विकास गर्दै अगाडी बढाइनुपर्ने विचार राख्दै आएका सिग्देलले यहाँबाट देशैभरिका महत्वपूर्ण गन्तव्यका लागि जहाज, हेलिकप्टर, पर्यटक बस लगायतका सुविधाको व्यवस्था मिलाइरहेको बताए ।

प्रकाशित : १७ चैत्र २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६