अन्तर्राष्ट्रिय

नेपालले पायो ३७ वर्षपछि सफलता ,प्रधानमन्त्री ओली नै रंगशालामा



काठमाडौं, १७ चैत । ३७ वर्षपछि नेपालले घरेलु मैदानमा अन्तर्राष्ट्रिय फुटबलको उपाधि उचालेको छ ।आज ९सोमबारं दशरथ रंगशालामा भएको तेस्रो अन्तर्राष्ट्रिय कपको उपाधि उचालेसँगै नेपालले ३७ वर्षपछि आफ्नै भूमिमा उपाधि उचालेको हो । यसअघि नेपालले सन् १९८४ मा दक्षिण एसियाली खेलकुद अन्तर्गतको फुटबलको उपाधि यसै दशरथ रंगशालामा उचालेको थियो । त्यसयता स्वदेशमा नेपाली राष्ट्रिय टोलीले उचालेको यो दोस्रो उपाधि हो ।

थ्री नेसन्स कपको फाइनलमा नेपालले बंगलादेशलाई फाइनलमा २–१ गोलअन्तरले पराजित गर्दै उपाधि उचालेको हो । सिनियर टोलीले २०१६ को सोलिडारिटी कपपछि पहिलो उपाधि जितेको हो । समग्रमा नेपाली राष्ट्रिय टोलीको यो पाँचौ अन्तर्राष्ट्रिय उपाधि हो ।यसअघि नेपालले सन् १९८४ र १९९३ को सागसँगै २०१६ मा बंगबन्धु गोल्डकप र सोलाडिरीटी कपको उपाधि जितेको थियो । सोमबार बंगलादेशविरुद्धको फाइनलमा नेपालका लागि सन्जोग राई र विशाल राईले समान एक एक गोल गरे। दुवै गोल पहिलो हाफमा सम्भव भएका थिए ।

१९ औं मिनेटमा सुनिल बलको कर्नरलाई बंगलादेशी डिफेन्डरले क्लियर गर्न नसकेपछि बल सन्जोगको खुट्टामा गएको थियो। सन्जोगले विपक्षी खेलाडीलाई छलाउँदै नजिकैबाट गरेको प्रहारले जाली चुम्यो ।त्योसँगै नेपालले विगत ७ खेलमा रहेको गोल खडेरी समेत तोड्यो । २०१९ को सप्टेम्बरयता भएका ७ खेलमा नेपालले गोल गर्न सकेको थिएन ।

४२ औं मिनेटमा विशाल राईले नेपालका लागि दोस्रो गोल गरे। सन्जोगले मिलाएको पासमा विशालले बंगलादेशी गोलरक्षकसँग वान भर्सेस वानको पासमा गोल गरेका थिए ।८३ औं मिनेटमा परिवर्तित खेलाडी मेहबरर रेहमानले एक गोल फर्काएका थिए । कप्तान जमल भुयाँको कर्नरमा रहेमानले हेडिङ गोल गरेका थिए । अखिल नेपाल फुटबल संघ९एन्फा०को आयोजनामा भएको खेलमा नेपाल, बंगलादेश र किर्गिस्तानको यू २३ टोली सहभागि थियो । बंगलादेश समूह विजेता र नेपाल उपविजेता बन्दै फाइनलमा पुगेका थिए ।खेलाडीको हौसलाका लागि प्रधानमन्त्री केपि ओली नै रंगशालामा पुगेर खेल हेर्नु भएको थियो । 

प्रकाशित : १७ चैत्र २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६