ब्रेकिंग न्युज

पहाडी संस्कृति जोगाउन बुटवलमा सराय नाच



रूपन्देही, १० कात्तिक

पहाडी जिल्लाको मौलिक संस्कृति र परम्पराको प्रतीक मानिने ऐतिहासिक सराय नाच बुटवलमा प्रदर्शन गरिएको छ । अर्घाखाँची, गुल्मी र पाल्पाबाट बसाइँसराइ गरी बुटवलमा बसोबास गर्दै आएका स्थानीयले गाउँघरको सांस्कृतिक परम्परालाई निरन्तरता दिने उद्देश्यले सोमबार बुटवल उपमहानगरपालिका–देवीनगरस्थित वाणिज्य क्याम्पस परिसरमा बृहत् सराय नाच प्रदर्शन गरेका हुन् । ‘बुझौँ हामीले रीतिथिति, जोगाऔँ हाम्रो संस्कृति’ भन्ने मूल नारासहित श्री नवदुर्गा मन्दिर पूजा समितिले कार्यक्रम आयोजना गरेको हो । समितिका संरक्षक तथा संयोजक अर्जुन कुँवरले विगत १७ वर्षदेखि निरन्तर सराय नाच प्रदर्शन हुँदै आएको बताउनुभयो । आधुनिकतासँगै मौलिक संस्कृति लोप हुने जोखिम बढेकाले नयाँ पुस्तालाई परम्परा र संस्कृतिबारे परिचित गराउन नाचलाई निरन्तरता दिइएको उहाँले बताउनुभयो । विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म पहाडी जिल्लामा नाचिने सरायलाई देवी भगवतीको विजय उत्सवका रूपमा लिने परम्परा छ । नाचका क्रममा पञ्चेबाजाको तालमा सहभागी गोलाकार रूपमा घुम्दै हातमा हतियार लिएर नाच्ने गर्छन् । एकअर्काका हतियार जुधाएर लयात्मक आवाज निकाल्दै नाचिने यस नाचले धार्मिक आस्था र सामूहिक उत्सवलाई प्रतिबिम्वित गर्छ । समितिका अध्यक्ष कुलबहादुर केसीले दुर्घटनाको जोखिम कम गर्न नाचमा काठका हतियार प्रयोग गरिएको बताउनुभयो । गाउँघरको परम्परा जोगाउन तथा युवा पुस्तामा सांस्कृतिक चेतना बढाउन बुटवलमा कार्यक्रमलाई निरन्तरता दिइएको उहाँले बताउनुभयो । देवीनगरस्थित मन्दिर परिसरमा हरेक वर्ष आयोजना गरिने कार्यक्रममा विभिन्न सङ्घसंस्थाको सहभागिता थियो ।

प्रकाशित : ११ कार्तिक २०८३, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६