ब्रेकिंग न्युज

इटटा उद्योगमा कार्यरत मजदुरको हत्या गर्ने युवक पक्राउ



कपिलवस्तु १७ चैत ।  कपिलवस्तुको शुद्धोधन गाउँपालिकामा ६० वर्षीय वृद्धको हत्या गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । शुद्धोधन गाउँपालिका–३ मेहतीनियास्थित बाबा इँटाभट्टामा काम गर्ने भारतको नौबादा जिल्ला घर भएका ६० वर्षीय गंगा मल्लाहको कुटपिट गरी हत्या गरेको आरोपमा सोही ठाउँका ३० वर्षीय रन्जित मल्लाहलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुबीच एकापसमा झगडा तथा कुटपिट हुँदा टाउकोमा चोट लागेर गम्भीर घाइते भएका गंगाको भैरहवा मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो । प्रहरी चौकी लवनीबाट खटिएको प्रहरीले कुटपिटमा संलग्न रन्जितलाई पक्राउ गरेको हो । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : १७ चैत्र २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६