जीवनशैली

अहिले कै सरकारमा सामेल हुने जसपाको संकेत



काठमाडौ १८ चैत ।  प्रतिनिधी सभा पुर्नस्थापना पछि परिवर्तित राजनैतिक माहोलमा कसको सरकार बन्ने भन्ने कुराको अन्यौता वढ्दै जादा जसपाले ओली नेतृत्वको सरकारमा जाने संकेत अगाडी वढाएको छ । शनिबार नागरिक आन्दोलनले आयोजना गरेको डबली कार्यक्रममा सहभागी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र नेपाली कांग्रेसका नेता मीनेन्द्र रिजालले वर्तमान सरकारको विकल्पबारे संवाद गरेका थिए।

तर त्यसको ३ दिन पछि जसपाका नेताहरुले काठमाडौंमा रिपोर्टर्स क्लबको वार्षिकोत्सव कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली र जसपाका उनै अध्यक्ष महन्थ ठाकुर एउटै कार्यक्रममा सहभागी भएका थिए ।त्यहाअध्यक्ष ठाकुरले सरकारले आफूहरूका माग सम्बोधन गर्ने प्रक्रिया बढाएको भन्दै प्रधानमन्त्री ओलीलाई धन्यवाद समेत दिएका थिए । ठाकुरसँगको लसपललाई लिएर अहिले ओली नेतृत्वको सरकारमा जान सक्ने संभावना रहेको औल्याइएको छ । जसलाई जसपा अहिलेकै सरकारमा सहभागी हुने संकेतका रुपमा बुझ्न सकिन्छ। 

मंगलबार बिहान मात्रै प्रधानमन्त्रीजी नजिकको मानिसले मलाई भेट्नुभयो, उहाँले तपाईंका माग सम्बोधन गर्ने प्रक्रिया अघि बढेको सुनाउनुभयो, बाँकी त केही भन्नुभएन,’ उनले भने, ‘त्यसबारे अरू के भइरहेको छ उहाँसँग बुझौँला, तर प्रधानमन्त्रीजीलाई धन्यवाद।’पछिल्लो समय कांग्रेस र माओवादी केन्द्रले तीन दल मिलेर सरकार जाऔँ भन्ने गरेको उल्लेख गर्दै  माग सम्बोधन गर्नेबारे भने विपक्षी दलसँग कुनै योजना नरहेको ठाकुरले बताउनु भयो ।

ओली सरकार गठन भएदेखि नै सरकारमा आउन आह्वान गरिरहेको भन्दै ठाकुरले पहिला माग सम्बोधन भए मात्र सरकारमा आउन सकिने जवाफ दोर्होयाए। संविधान जारी भएपछि बनेका सबै सरकारसँग माग सम्बोधनका लागि सहमति भए पनि अहिलेसम्मका कुनै पनि सरकारले कार्यान्वयन नगरेको उनको गुनासो थियो। अन्य दलका नेतासँग कुरा भइरहे पनि कोहीसँग गठबन्धन भइनसकेको प्रष्ट्याउँदै अध्यक्ष ठाकुरले ओली सरकारसँगै आशावादी रहेको समेत सुनाए।

प्रकाशित : १८ चैत्र २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६