ब्रेकिंग न्युज

प्रदेश सरकार ढाल्न कांग्रेसलाई छटपटी,माओवादी निष्फीक्री



रुपन्देही १९ चैत । लुम्विनी प्रदेश सरकार ढाल्न कांग्रेसमा चटारो देखा परेकोछ भने माओवादी केन्द्र पर्खर हेरको अवस्थामा सरकार मै बस्न चाहेको पाइएकोछ ।  नेपाली कांग्रेसका लुम्बिनी प्रदेशका संसदीय दलका नेता विरेन्द्रप्रसाद कनौडियाले आफ्नो कित्ता स्पष्ट गर्न माओवादी केन्द्रका सांसदलाई आग्रह गरेवाट यसको पुष्टि भएको हो ।

बुधबारबाट सुरु भएको लुम्बिनी प्रदेश सभाको सातौं अधिवेसनको पहिलो बैठकलाई सम्बोधन गर्दै विपक्षी दलका नेता कनौडियाले सरकारमा पनि बस्ने र विरोध पनि गर्न नसुहाउने बताए । ‘पार्टी फूटीसकेको छ। अब कित्ताकाट गर्नुस्। आफूलाई स्पष्ट पार्नुस्। दुईटा ढुंगामा खुट्टा राख्न पाइँदैन।’ उनले भने ‘मुख्यमन्त्रीलाई फाल्न सक्नुहुन्छ भने फाल्नु्स हामी सहकार्य गर्न तयार छौं ।’कनौडियाले प्रधानमन्त्रीमा कुनै नैतिकता नभएको बताए। कठोर जेल बसेको मान्छे प्रजातन्त्र मास्न लाग्नु अनौठो भएको उल्लेख गरे।

प्रकाशित : १९ चैत्र २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६