प्रदेश

दुरसञ्चार सेवा सम्बन्धमा परेका गुनासाहरूको अन्त्य गरिने छ : मन्त्री गुरुङ



काठमाडौं १९ चैत्र । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले दुरसञ्चार सेवा सम्बन्धमा परेका गुनासाहरूको अन्त्य गरिने बताएका छन् । बिहीबार मन्त्रालयले आयोजना गरेको दुरसञ्चार सेवाको पहुँच, प्रवाह तथा गुणस्तर सम्बन्धी अन्तरक्रियामा बोल्दै मन्त्री गुरुङले दुरसञ्चार सेवा सम्बन्धी समस्याहरूको समाधान गर्दै गुनासाहरूको अन्त्य गरिने बताएका हुन् । आफ्नो क्षेत्रमा टावर नपुगेको, इन्टरनेट सेवा नपुगेको लगायतका समस्याहरु बोकेर सांसदहरु नै मन्त्रालय धाइरहनुपर्ने अवस्था रहेको भन्दै मन्त्री गुरुङले त्यस्ता समस्याहरु सँधैका लागि अन्त्य गरिने बताए । गुनासो समाधानका लागि दुरसञ्चार सम्बन्धी सबै सरोकारवाला एकैठाउँमा बसेर समिक्षा गर्नुपर्ने पनि मन्त्री गुरुङले बताए ।

उनले भने– ‘जनताबाट प्रत्यक्ष निर्वाचित माननीयज्यूहरुको नेपाल दुरसञ्चार प्राधिकरण, नेपाल टेलिकम, सञ्चार मन्त्रालय, सेवा प्रदायकहरू र प्राविधिकहरू सबैले संयुक्त बसेर समीक्षा गरौँ । सेवा त पुगेको छ । हामीले काम त गरेका छौँ । हाम्रा बजेटहरु पनि कार्यान्वयन भएको छ । तर त्यो कामले जनताको बीचमा, प्रत्यक्ष सेवा प्रदायकका बीचमा त्यो सेवा पुगेको हो कि होइन, सेवा गुणस्तर छ कि छैन यसको प्रत्यक्ष सार्वजनिक रुपमा समीक्षा गरेर सार्वजनिक सुनुवाई पनि गरौँ ।

माननीयज्यूहरुले बेला बेलामा यो गाउँमा टावर पुगेन, यहाँ हाम्रो इन्टरनेट सेवा पुगेन र हामीलाई दुरसञ्चार सेवाको गुणस्तर भएन भन्ने माननीयज्यूहरुको गुनासो पनि रहिरहने । यो गुनासो निरन्तर भइराख्ने, माननियज्यूहरु जहिले पनि गुनासो बोकेर मन्त्रालयमा धाइरहनुपर्ने यस्तो परिस्थितिको अन्त्य पनि गरौँ ।’मन्त्री गुरुङले टावर निर्माणको लागि ठेक्का भएर पनि काम हुन नसकेको ठाउँको समीक्षा गर्ने बताए । टावर बनाउनुपर्ने आवश्यकता रहेको ठाउँमा टावर स्थापनाको लागि योजना बनाउने पनि बताए ।

प्रकाशित : १९ चैत्र २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६