अर्थ-वाणिज्य

एकता बदरको फैसला पुनरावलोकन हुदैन :सर्वाेच्च



काठमाडौं १९ चैत ।  नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकता बदर गर्ने यस अघिको आदेश सर्वोच्च अदालतले पुनरावलोकन नगर्ने भएको छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई पुरानै अवस्थामा फर्काउने सर्वोच्च अदालतको फैसलाविरुद्ध माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले   पुनरावलोकन निवेदन दिएका थिए। प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा न्यायाधीशहरु तेजबहादुर केसी र प्रकाश कुमार ढुंगानाको बेञ्चले यस्तो निर्णय गरेको हो।

एमाले–माओवादीलाई पुरानै अवस्थामा फर्काउने फैसला गत फागुन २३ गते सर्वोच्चका न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासले गरेको थियो।त्यसविरुद्धमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंगलबार पुनरावलोकनको निवेदन दिएका थिए। निवेदनअनुसार सर्वोच्चले मुद्दा अगाडि बढाउने नबढाउनेबारे टुंगो लगाउनेछ। सर्वोच्चले निस्सा प्रदान गरे मात्र यो मुद्दाको सुनुवाइ अगाडि बढ्नेछ।

प्रकाशित : १९ चैत्र २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६