ब्रेकिंग न्युज

सैनिक ज्यादती विरुद्ध म्यानमारको गोल्डेन मन्दिरमा अधिकारकर्मीको प्रार्थना



भैरहवा २० चैत । म्यानमारमा मानवता हराएको भन्दै विश्व शान्ति शहर लुम्विनीमा मानवताको पक्षमा विश्व समुदायको ध्यान जानुपर्ने मागका साथ शान्ति प्रार्थना गरिएको छ । मधेश मानव अधि पाकार गृह (माहुरी होम) ले सो प्रार्थना आयोजना गरेको हो ।  सैनुक ‘कु’ पछि सुरु भएकोे हत्या र दमन तत्काल बन्द गर्न माग लुम्बिनीमा म्यानमारको गोल्डेन मन्दिरमा प्रार्थना गरेका छन् ।

उनीहरुले म्यानमार सैनुक ‘कु’ पश्चात ज्यान गुमाउनेहरुको चिर शान्तिको कामना, सैनिक शासकमा सतबुद्धि आओस भन्दै प्राथना गरेका हुन् ।संस्थाले बुधबार एक अपिल जारी म्यानमार भइरहेको मानवता बिरोधी अपराधलाई तत्काल रोक्न र लोकतन्त्रको वहालीको विश्व शक्ति र संयुक्त राष्ट्र संघले उल्लेखनिय कदम चाल्न माग गर्दै अपिल पत्र समेत जारी गरेको थियो । प्रार्थना कार्यक्रममा संस्थाका अध्यक्ष रविन्द्रनाथ ठाकुरले मन्दिरका प्रमुख भिक्षु भेन कोभिडाले लाई उक्त अपिल पत्र समेत बुझाएका थिए ।

अपिल पत्र बुझाउदै अध्यक्ष ठाकुरले म्यानमारमा हालको सैनिक शासकले बालबालिका देखि बृद्धसम्मलाई निर्मम हत्या गरी मानवता विरुद्धको मानवता बिरोधी अपराध गरेको बताए । उनले भने–‘यस्तो मानवता बिरुद्धको अपराध गर्ने म्यानमारको सैनिक शासक र उक्त घटनालाई टुलु टुलु हेरेर बसेको विश्व समुदाय र संयुक्त राष्ट्र संघलाई विश्व शान्तिका अग्रदुत महामानव भगवान गौतम बुद्धको पावनभूमीबाट ध्यानाकर्षण गराउनको लागि प्राथना र अपिल जारी गरेका हौं  ठाकुरले प्रेसपाटीसंग भन्नु भयो ।’

ठाकुरले म्यानमारमा मानवता विरोधको अपराध तत्काल रोक्न, लोकतन्त्रको वहालीको लागि र म्यानमारमा रहेका जनताको मानव अधिकार सुनिश्चिताको लागि विश्व शक्ति र संयुक्त राष्ट्र संघले उल्लेखनीय कदम चाल्नु पर्ने बताए ।अपिल पत्र बुझ्दै मन्दिरका प्रमुख भिक्षु कोभिडाले म्यानमारमा रहेका जनताहरुले धेरै दुःखः र कष्ट पाईरहेको बताए । यहाँहरु सबैको कामनाले म्यानमारमा छिट्टै राम्रो दिन आउने छ, उनले भने । त्यसको लागि सबैले विश्वास गर्नु पर्ने बताउदै अपिल पत्रको बारेमा म्यानमार सरकारलाई जानकारी दिने बताए ।

प्रकाशित : २० चैत्र २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६