जीवनशैली

प्रचण्ड भोली कपिलवस्तु आउदै,पार्टी प्रबेशको कार्यक्रम



कपिलवस्तु २० चैत । नेपाल कम्युनिष्ट पार्टि (माओवादी केन्द) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भोलि शनिबार कपिलवस्तु आउनुहुने भएको छ ।प्रचण्डले शनिबार जिल्लाको तौलिहवामा पार्टिका कार्यकतालाई प्रशिक्षण गर्ने कार्यक्रम रहेको पार्टिका स्थायी कमिटि सदस्य चक्रपाणी खनाल (बलदेव)ले बताउनु भयो ।

अध्यक्ष प्रचण्डलले पछिल्लो राजनैतिक घटना क्रम र अबको राजनितिक कार्यदिशाका बारेमा कार्यकर्तालाई अध्यक्ष प्रशिक्षण दिने खनालले जानकारी दिनु भयो । साथै पार्टि प्रवेश कार्यक्रम समेत रहेको उहाँले बताउनु भयो ।

प्रचण्डले शनिबार तौलिहवामा रहेको तौलेश्वरनाथ सस्कृत मा.वि.मा कार्यकर्ता प्रशिक्षण संगै ठूलो संख्यामा नेपाल कम्युनिष्ट पार्टि (माओवादी केन्द)मा प्रवेश गराउने कार्यक्रम रहेको कपिलवस्तुका संयोजक विष्णु शाहले बताउनु भयो । कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको पनि शाहले जानकारी दिनु भयो ।

प्रकाशित : २० चैत्र २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६