प्रदेश

चीनबाट प्राप्त ८ लाखडोज खोप चैत २५ देखि लगाइने



 काठमाडौं २२ चैत । नेपाल सरकारले चीनबाट प्राप्त गरेको कोभिड विरुद्धको खोप भेरोसेल २५ चैत (बुधबार) देखि लगाउने तयारी गरेको छ ।काठमाडौं उपत्यकामा २० वटा खोप केन्द्रबाट खोप वितरण गरिने र बुधबारदेखि खोप काठमाडौं उपत्यकाका अस्पतालबाट खोप लगाउन सुरु गरिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले बताए ।

 खोपको प्राथमिकतामा  व्यापारी, विद्यार्थी तथा अन्य कामको सिलसिलामा चीन भ्रमणको तयारीमा रहेका र यसअघि पहिलो चरणको प्राथमिकतामा परेका तर  खोप नलगाएकाहरूलाई यो खोप लगाइने बताएको छ । चीनले अनुदानस्वरूप दिएको उक्त खोपको म्याद दुई वर्षको छ । चीनले दिएको यो ८ लाख डोज खोप टेकुस्थित कोल्डरुममा ठाउँ नपुगेपछि एयरपोर्ट भन्सारमा बनाइएको अर्को कोल्डरुममा भण्डारण गरिएको छ । 

 कोभिसिल्ड एक भाइलमा १० डोज खोप हुने भए पनि  चिनियाँ खोप भने एक भाइलमा एक डोज मात्रै रहँदा भण्डारका लागि ठाउँ धेरै आवश्यकता पर्ने भएकाले टेकुको भण्डार कक्षमा ठाउँ नपुगेको बताइन्छ । 

प्रकाशित : २२ चैत्र २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६