ब्रेकिंग न्युज

मेघ गर्जन र चट्याङसहित सहित हल्का वर्षाको सम्भावना



काठमाडौं २३ चैत्र । मौसम पूर्वानुमान महाशाखाले आज सुदूरपश्चिम, कर्णाली र बागमती प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित सहित हल्का वर्षाको सम्भावना रहेको जनाएको छ । त्यस्तै पहाडी भू(भागमा बदली रहने छ ।हाल नेपालमा स्थानीय वायुसँगै पश्चिमी वायुको पनि प्रभाव रहेको महाशाखाले जानकारी दिएको छ । भोलि ९मंगलबार० प्रदेश १, गण्डकी, सुदूरपश्चिम र कर्णाली प्रदेशका साथै पहाडी भू-भागका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।त्यस्तै बुधबार प्रदेश १, गण्डकी, सुदूरपश्चिम र कर्णाली प्रदेशका साथै बाँकी पहाडी भू९भागका केही स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षा हुने महाशाखाको पूर्वानुमान छ ।

प्रकाशित : २३ चैत्र २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६