ब्रेकिंग न्युज

किशोरीको प्रजनन् दर १३ प्रतिशत : यूवालाई प्रविधी र सेवा तालिम



कपिलवस्तु २४ चैत बुद्धभुमिका ३८ जना युवाहरु मोबाइल मर्मत गर्न र कपाल काट्न सक्षम हुने भएका छन् । बुद्ध भुमिको इमिलियामा  निशुल्क मोबाइल मर्मत तथा कपाल काट्ने तालिम सुरु भएसंगै २० जना युवाले मोबाइल बनाउन र १८ जना युवाले कपाल काट्ने सिप सिक्ने निश्चित भएको हो ।बुद्ध भुमि नगरपालिकाको संयोजन र माइक्रोटेक टेनिङ एकेडेमिको आयोजनामा मुख्य मन्त्रि ग्रामिण विकास तथा स्वरोजगार कार्यक्रम अन्तर्गत ३० दिने कपाट काट्ने तालिम तथा ४५ दिने मोबाइल मर्मत तालिममा युवाहरुले सो सिप सिक्न लागेका हुन् ।

तालिम उद्घाटन समारोहलाई सम्बोधन गर्दै उपमेयर मिरा थारुले तालिममा शिकेका कुराहरुलाई व्यवहारमा उतार्नु पर्ने बताउनुभयो ।प्रमुख प्रशासकिय अधिकृत अनिल पौडेलले प्रदेश सरकारको मुख्य मन्त्रि ग्रामिण विकास तथा स्वरोजगार कार्यक्रम मार्फत तालिम लिएका मध्ये केहि युवाहरुलाई उनीहरुलाई स्वरोजगार गराउनका लागि थप बजेट पनि उपलब्ध गराउने जानकारी दिनुभयो ।तालिम समुदघाटन कार्यक्रम माइक्रोटेक टेनिङ एकेडेमी प्रालिका प्रवन्ध निर्देशक अनिल अधिकारीको अध्यक्षता बुद्ध भूमि नगरपालिकाका उप मेयर मीरा थारुको प्रमुख आतिथ्यता, प्रमुख प्रशाशकिय अधिकृत अनिल पौडेलको विशिष्ट आतिथ्यता, कार्यक्रमका फोकल पर्सन नविन खनाल, मुख्य मन्त्रि ग्रामिण विकास तथा स्वरोजगार कार्यक्रममा सदस्य देवी वेल्वासे, समाजसेवी रेश्मीराज अधिकारी लगायतको आतिथ्यता मदन लम्सालको सञ्चालनमा तालिम उद्घाटन समारोह सम्पन्न भएको आयोजकले जनाएको छ ।

यता नेपालमा बाल विवाह गर्ने क्रम अझै सम्म रोकिन सकेको छैन् । गरिबी अशिक्षा अपरिपक्क उमेरमै प्रेम र परिवारका सदस्यहरुले पनि बालविवाह कुनै पनि हालतमा हुन नदिने अठोट गर्न नसक्दा नेपालमा ३७ प्रतिशत किशोर किशोरिहरुको १८ वर्ष भन्दा कम उमेर विवाह हुने गरेको बताइएको छ ।सोहि कारणले अहिले नेपालको कुल प्रजनन दर मध्ये १३ प्रतिशत प्रजनन दर किशोरीहरुको मात्रै रहेको राष्टिय मानव अधिकार आयोग लुम्बिनी प्रदेश कार्यालयका प्रमुख सहसचिव सम्झना शर्माले बताउनुभएको छ । 

आयोगको आयोजनामा आज बुद्ध भुमि नगरपालिकाको सभाहलमा सञ्चालन भएको बाल विवाह र घरेलु हिंसा अन्त्यका लागि सरोकारवालाहरुको भुमिका विषेयक सार्वजनिक सुनुवाई तथा अन्तक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै शर्माले सो कुरा बताउनुभएको हो ।कार्यक्रमलाई सम्बोधन गर्दै उपमेयर मिरा थारुले बालविवाह अन्त्यका लागि शिक्षा र सचेतना आवश्यक रहेको बताउनुभयो । प्रमुख प्रशाशकिय अधिकृत अनिल पौडेलले भने स्थानिय सरकारले बाल विवाह न्युनिकरणका कदम चालिरहेको भए पनि त्यो अझै पनि यथेष्ट नभएको बताउनुभयो ।कार्यक्रमका सहभागी नगरकार्यपालिकाका सदस्य तथा सरोकारवाला संस्थाका प्रतिनिधहरुले बालविवाह हुनुमा विभिन्न कारणहरु रहेको यसरी बताएका छन्  ।

प्रकाशित : २४ चैत्र २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६