अर्थ-वाणिज्य

सुनचाँदी ब्यावसायीले बार्षिक १२ अर्व राजश्व बुझाएपनि सुविधा पाएनन :अध्यक्ष शाक्य



कपिलबस्तु २४ चैत । नेपाल सुनचांदी व्यवसायी महासघंका अध्यक्ष मणिरत्न शाक्यले सुनचांदी व्यवसायीले नेपालको कुल ग्राहस्थ उत्पादनमा महत्वपुर्ण भुमिका खेलेको बताउनुभएको छ । उहाले सुनचादी व्यवसायीले सरकारलाई बार्षिक रुपमा १२ अर्ब राजस्वको रुपमा बुझाउदै आएको बताउनुभयो । साथै उहाले करिब २ लाख भन्दा बढी जनसंख्याले सुनचादी व्यवसायबाट रोजगारी पाएको दाबी गर्नुभयो । बाणगंगा सुनचांदी व्यवसायी सघंको ८ औ बार्षिक साधारण सभा तथा दोस्रो अधिवेशनलाई प्रमुख  अतिथीको रुपमा सम्बोधन गर्दै उहाले यस्तो बताउनुभएको हो ।

 साथै उहाले अब बन्ने पञ्चबार्षिय योजना सुनचादीं व्यवसायीको हितमा बन्ने अपेक्षा समेत गर्नुभयो ।यस्तै कार्यक्रममा बरिष्ठ केन्द्रिय उपाध्यक्ष तथा सुनचांदी विज्ञ परामर्श समिती संयोजक प्रेम सेन्चुरी र उपाध्यक्ष जोगलाल विश्वकर्माले अहिले वितरण भैरहेकोे स्ुनचादींको कोटा प्रणालीले व्यवसायी समस्यामा परेको बताउदै सुनको विभेदकारी वितरण प्रणाली खारेज भई नया वितरण प्रणाली आउनु पर्नेमा जोड दिनुभयो । 

यसको लागि आफुले सम्बन्धीत निकायमा पहल गर्ने समेत बताउनुभयो । यसैगरी कार्यक्रममा विशिष्ट अतिथी बाणगंगा नगरपालिकाका उप प्रमुख चक्रपाणी अर्यालले नगर भित्रका सुनचादीं व्यवसायीहरुको सुरक्षा प्रदान गर्ने प्रतिबद्धता जनाउनुभयो ।  उहाले व्यवसायिहरुको हकहित , सुरक्षा र संरक्षणका लागि स्थानीय सरकार लागि पर्ने जनाउनुभयो । 

कार्यक्रममा उद्योग बाणिज्य सघंका बरिष्ठ उपाध्यक्ष  छवि रेश्मी मगर, मानवअधिकार रक्षक संजाल कपिलबसतुका जिल्ला अध्यक्ष दोलख बहादुर पछाई, सुनचादीं व्यवसायी सघंका विभिन्न जिल्लाका अध्यक्ष तथा प्रतिनिधी लगाएतले बोल्नुभएको भएको थियो ।  कार्यक्रम बाणगंगा सुनचादी व्यवसायी सघंका अध्यक्ष डिलबहादुर खातीको अध्यक्षतामा समपन्न भएको हो । सघंमा नगर भित्रका ४९ जना व्यवसायी आबद्ध छन् । यसैविच अधिवेशनले नया कार्यसमिती समेत चयन गर्ने छ । 

प्रकाशित : २४ चैत्र २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६