भैरहवा २४ चैत ।नेपाल इन्जिनियर्स एसोसिएसन (नेईए) दोस्रो प्रदेश कार्यकारिणी निर्वाचनमा लुम्बिनी प्रदेशमा प्रगतिशील इन्जिनियरहरुको अनौठो गठबन्धन बनेको छ ।राष्ट्रिय रुपमा एकका विरुद्ध अर्काे समुह लागेका बेला यस प्रकारको अनौठो एकता भएको हो । नेईए निर्वाचनमा जीवन अर्यालको नेतृत्वमा लुम्बिनी प्रदेशमा एमाले र माओवादी पक्षको एकता भएको हो । एमाले निकट प्रोग्रेसिभ इन्जिनियरिङ प्रोफेसनल्स एसोसिएसन नेपाल (पेपान) र माओवादी केन्द्रनिकट नेपाल राष्ट्रिय इन्जिनियरिङ संगठन (निओन) ले संयुक्त प्यानल बनाएका हुन् ।
प्रगतिशील प्यानलबाट ई. जीवन अर्यालले अध्यक्षको उम्मेदवार बनेका छन् । प्रदेश केन्द्रबाट निर्वाचित हुने केन्द्रीय सदस्यमा ई. जयलाल मरासिनीले उम्मेदवारी दर्ता गरेका छन् । यो प्यानलमा उपाध्यक्षमा ई. दिवाकर प्याकुरेल, सचिवमा ई. विवेक लामिछाने, सहसचिवमा ई. नवसुजित भण्डारी र कोषाध्यक्षमा ई. शेषमणी पौडेलले उम्मेदवारी दिएका छन् ।त्यस्तै, सदस्यहरुमा ई. तुलसीराम ओस्थी, ई. दिपेश घिमिरे, ई. निशा नवन, ई. किरण खरेल, ई. प्रभाकर सिंह चौधरी, ई. विक्रम बैदवार क्षेत्री, ई. यज्ञराज खत्री, ई. सुनिल आचार्य, ई. रमेश घिमिरे र ई. प्रकाश न्यौपाने रहेका छन् ।
प्रतिक्रिया