प्रदेश

२ सांसद पदमुक्त,पदभन्दा पार्टीहितलाई उच्च प्राथमिकता



बुटवल २५ चैत । लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य दधिराम न्यौपाने र दिनेश पन्थी पदमुक्त भएका छन्। प्रदेश सभाको मंगलबारको बैठकमा सभामुख पूर्णबहादुर घर्तिले न्यौपाने र पन्थीको सांसद पद रिक्त भएको जानकारी गराएका हुन्। दधिराम न्यौपाने रुपन्देही क्षेत्र नम्बर २ र दिनेश पन्थी गुल्मी क्षेत्र नम्बर २ बाट निर्वाचित प्रदेश सभा सदस्य थिए।नेकपा माओवादी केन्द्र केन्द्रीय कार्यालयको जानकारी तथा प्रदेश सभा संसदीय दलको निर्णयको पत्र सचिवालयमा प्राप्त भएको जानकारी गराएका थिए।

‘प्रदेश सभाको नियमावलीको १ सय ९२ बमोजिम दल त्यागको सूचना बैठकलाई दिएमा त्यस्तो सदस्यको स्थान रिक्त रहने मानिने छ भन्ने व्यवस्था अनुसार माननिय सदस्य श्री दधिराम न्यौपाने र माननिय सदस्य श्री दिनेश पन्थीको प्रदेश सभा सदस्य पद आजका मितिबाट रिक्त रहने व्यहोरो सम्मानित सभालाई जानकारी गराउँछु।’सभामुख घर्तिले प्रदेश सभालाई जानकारी गराउँदै भने। दुई जनाको पद रिक्त रहेको घोषणा गरेसँगै चालु संसदको अधिवेसन पनि अन्त भएको छ। 

प्रकाशित : २५ चैत्र २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६