जीवनशैली

यी हुन् भिडन्त रुचाएका २ महिला पत्रकार, अध्यक्ष सहित पदाधिकारी सर्ब सहमत



कपिलवस्तु २५ चैत । कपिलवस्तुमा सर्वसहमत रुपमा पदाधिकारी  छनौट गर्ने काममा २ महिला  पत्रकारको प्रतिस्पर्धा गर्ने चाहना वाधक बनेको छ । अत अध्यक्ष सहितका सबै पदाधिकारी निर्विरोध निर्वाचित भएपनि महिला उपाध्यक्ष छान्न कपिलवस्तुका १६९ पत्रकारले मतदान नै गर्नु पर्ने भएको छ । यो प्रस्पिर्धामा पूर्व उपाध्यक्ष समेत भई सकेकी स्वयेता योगी र कार्यसमिितमा यस अघि रहेपनि पहिलो पटक उपाध्यक्षमा उम्मेदवारी दिएकी शारदा केसी बीच प्रस्पिर्धा हुने भएको हो ।

यता  नेपाल पत्रकार महासंघ कपिलवस्तुको निर्वाचनमा सबै पदाधिकारी पदहरु सर्ब सम्मत टुंगाइएको छ । अन्तिम उमेद्धारी सार्वजनिक गर्ने कार्यक्रम अन्तर्गत अध्यक्ष पदका उमेद्धार किरणमान बज्राचार्य, उपाध्यक्ष हरि अधिकारी, सचिव जानु पाण्डे सहसचिव संजिव गहतराज र राजेश चौधरी, कोषाध्यक्ष मोहन वेल्वासे निर्विरोध निर्वाचित हुनु भएको छ ।

 ६ जना खुला सदस्य निर्वाचित हुनु पर्नेमा ८ जना उमेद्धार भएपछि सदस्यमा पनि निर्वाचन हुने भएको निर्वाचन समितिका संयोजक नारायण पौडेलले जानकारी दिनुभयो  सदस्यमा सबै संगठनको मोर्चाबन्दीमा तय भएका ६ जना उम्मेदवारीलाई सर्बसहमत हुन नदिने गरी २ जनाले उम्मेदवारी फिर्ता नलिएपछि चुनाव हुने भएको हो ।

जस अनुसार संयुक्त प्यानलवाट पत्रकाार कृष्ण पौडेल ख , मणि गैरे , पार्वती आचार्य, मनिष कार्की ,दिपक कुवर र नारायण प्रसाद भटराई रहनु भएको छ । दिपक अनुरोगी र पिताम्वर घिमिरेले संयुक्त प्यानल विरुद्ध उम्मेदवारी दिएपछि चुनाव हुने भएको हो । यता ।यसै गरि १२ जना प्रदेश पार्सद र ४ जना केन्द्रिय पार्सद यस अघि नै सर्वसम्मत निर्वाचित हुनु भएको छ । 

प्रकाशित : २५ चैत्र २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६