अर्थ-वाणिज्य

कपिलवस्तुमा ९५ प्रतिशत मतदान,१३ जना अनुपस्थित



कपिलवस्तु २५ चैत ।नेपाल पत्रकार महासंघ कपिलवस्तुको पनि मतदान सकिएको छ । बुधबार बिहान ११ बजेबाट ५ बजेसम्म भएको मतदानमा कुल १६६ मतदाता मध्ये ९५ प्रतिशत अर्थात १५४ जना पत्रकारहरुले मतदान गरेको निर्वाचन संयोजक नारायण पौडेलले बताउनुभयो । जिल्लामा अध्यक्ष सहितका सबै पदाधिकारी निर्विरोध निर्वाचित भएपनि महिला उपाध्यक्ष र ७ खुला सदस्यका लागि मतदान भएको हो । महिला उपाध्यक्षका लागि स्वयेता योगी र शारदा केसी बीच प्रतिस्प्रर्धा भएको हो  ।

यसैगरी ७ जना खुला सदस्य निर्वाचित हुनु पर्नेमा ९ जना उमेद्धार भएपछि सदस्यमा पनि निर्वाचन भएको निर्वाचन समितिका संयोजक  पौडेलले जानकारी दिनुभयो । यसैगरि १२ जना प्रदेश पार्सद र ४ जना केन्द्रिय पार्सद यस अघि नै सर्वसम्मत निर्वाचित हुनु भएको छ । अबको केहि समयमानै मतगणना सुरु हुने जनाइएको छ ।अनुपस्थित हुनेमा सबैभन्दा धेरै प्रेसचौतारीका रहेका छन् । १३ जना अनुपस्थित मध्ये प्रेसचौतारीका ९ जना सदस्य जिल्ला वाहिर रहेकाले चुनावमा उपस्थित भएनन् । 

प्रकाशित : २५ चैत्र २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६