ब्रेकिंग न्युज

कपिलवस्तुको निर्वाचनमा कसले कति मत पाए ?



कपिलवस्तु २६ चैत ।नेपाल पत्रकार महासंघ कपिलवस्तुको महिला उपाध्यक्ष र ७ जना सदस्यकालागि भएको निर्वाचनमा संयुक्त प्यानलका सबै उम्मेदवार निर्वाचित भएका छन् । जस अनुसार उपाध्यक्षमा स्वयेता योगीले ९७ मत ल्याउनु भएको छ । प्रतिस्पर्धी शारदा केसीको ५५ मत आएको छ । 

यस्तै सदस्यमा पार्वती आचार्यले १२६ मत ,मनिष कार्कीले १२०मत ,कृष्ण पौडेलले ११४ मत, दिलिपकुमार यादवले ११० मत ,मणिगैरेले १०८ मत ,दिपक कुवरले १०७ मत र नारायण भटराइले ९५ मत ल्याउनु भएको छ । संयुक्त प्यानलका विरुद्ध उम्मेदवारी दिएका प्रतिस्पर्धी दिपक अनुरागीको ६५ मत र पिताम्वर घिमिरे (हरि) को ४९ मत आएको छ ।  यता बुधबार बिहान ११ बजेबाट ५ बजेसम्म भएको मतदानमा कुल १६६ मतदाता मध्ये ९५ प्रतिशत अर्थात १५४ जना पत्रकारहरुले मतदान गरेको निर्वाचन संयोजक नारायण पौडेलले बताउनुभयो । जिल्लामा अध्यक्ष सहितका सबै पदाधिकारी निर्विरोध निर्वाचित भएपनि महिला उपाध्यक्ष र ७ खुला सदस्यका लागि मतदान भएको हो । 

यसैगरि १२ जना प्रदेश पार्सद र ४ जना केन्द्रिय पार्सद यस अघि नै सर्वसम्मत निर्वाचित हुनु भएको छ । अबको केहि समयमानै मतगणना सुरु हुने जनाइएको छ ।अनुपस्थित हुने १३ जनामा सबैभन्दा धेरै प्रेस चौतारीका रहेका छन् । प्रेसचौतारीका ९ जना सदस्य जिल्ला वाहिर रहेकाले चुनावमा उपस्थित भएनन् । 

प्रकाशित : २६ चैत्र २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६