प्रदेश

नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशको अध्यक्षमा गिरी निर्वाचित



कपिलवस्तु २७ चैत्र । नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशको अध्यक्षमा कपिलवस्तुका वसन्त गिरी निर्वाचित हुनुभउको छ । प्रेस युनियन, प्रेस सेन्टर, माधव नेपाल निकट प्रेस चौतारी, प्रगतिशील पत्रकार संगठनहरुबीच भएको गठबन्धनबाट गिरी अत्यधिक मतसहित गयराति निर्वाचित हुनुभएको हो । उहाँले ओली निकट प्रेस चौतारीका भरत केसीलाई फराकिलो अन्तरमा हराउनुभएको छ ।उहाँलाई प्रदेशका अधिकांस जिल्लाबाट धेरै मत आएको थियो ।

अन्य पदाधिकारी र सदस्यमा पनि गिरीकै प्यानलको वर्चस्व देखिएको छ । प्रदेशको अन्तिम नतिजा घोषणा गर्न बाँकी छ ।पत्रकार महासंघका केन्द्रिय सदस्य तथा कपिलवस्तुका पूर्वअध्यक्ष समेत रहेका गिरीले दशक बढी समय पत्रकारितामा ब्यतित गरिसक्नुभएको छ । श्रमजिवी पत्रकारको हकहितमा काम गर्ने पत्रकारिताको नीति, सिद्धान्त र मर्यादालाई नभुल्ने नव निर्वाचित अध्यक्ष गिरीले बताउनुभयो ।

प्रकाशित : २७ चैत्र २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६