अर्थ-वाणिज्य

प्रचण्डले आफ्नो स्थान खुलाएनन् तर ओलीलाई चौथो स्थान दिए



काठमाडौं, २९ चैत । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी चुनावमा दलहरुसँग मोर्चा बनाएर केपी शर्मा ओलीको पार्टीलाई चौथो स्थानमा झार्ने दावी गरेका छन् ।माओवादी केन्द्रको कर्णाली प्रदेश सम्पर्क समितिको आज ९शनिबार० काठमाडौंमा भएको भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आगामी चुनावमा मोर्चा बनाएर ओली समूहको पार्टीलाई चौथो पार्टी बनाउने दावी गरेका हुन् ।

अहिले नेपाल पत्रकार महासंघको चुनावमा आफूहरुको पहलमा मोर्चाबन्दी गर्दा राम्रो परिणाम आएको र ओलीको समूहलाई चौथो नम्बरमा पुर्‍याउन सफल भएको उनले उल्लेख गरे । उनले जनता समाजवादी पार्टी ९जसपा० का नेताहरुसँग पनि माओवादीको ‘वेभलेन्थ’ पहिलेदेखि नै मिल्दै आएकोले मोर्चा बन्न सक्ने बताए ।नेपाली कांग्रेससँग सरकारमा सहकार्य र चुनावी तालमेल गरेमा आगामी चुनावमा ओली चौथो दल हुने र उनको विघटनको यात्रा सुरु हुने प्रचण्डको भनाइ थियो ।

अध्यक्ष प्रचण्डले केही दिनमै नयाँ सरकार बन्ने दाबी समेत गरे । शुक्रबार कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा बसेको तीन दलहको बैठक सकारात्मक भएको र कांग्रेस पहिलोपल्ट खुलेर आएको र जसपा पनि सकारात्मक भएकाले नयाँ सरकार बन्ने विश्वास उनले व्यक्त गरे ।

प्रकाशित : २९ चैत्र २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६