प्रदेश

अव सरकारले विकल्प दियो गोरखपुर जान छाडनोस : मुख्यमन्त्री



बुटवल २९ चैत । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री शंकर पोखरेलले आधुनिक चिकित्सा क्षेत्रमा नयांनयां प्रविधिको विकास भईरहेपनि वैकल्पिक चिकित्सा पद्धतीको महत्व बढ्दै गएको बताएका छन् ।कतिपय दिर्घ रोगहरुको लागि शल्यकृया र एलोप्याथी औषधी अनिवार्य भएपनि अधिकांश रोगहरु वैकल्पिक चिकित्सा पद्धतीको प्रयोगबाट निको पार्न सकिन्छ त्यसैले यसको महत्व बढेको छ उनले भने ।रुपन्देहीको सैनामैना नगरपालिका वडा नं. १ चालापाला स्थित पदमपाणी योग तथा प्राकृतिक चिकित्सालयको मड तथा फिजियोथेरापी भवनको शिलान्यास गर्दै मुख्यमन्त्री पोखरेलले रोग लागेपछि उपचार गर्नुभन्दा रोग नै लाग्न नदिने उपायको रुपमा प्राकृतिक चिकित्सा पद्धती लाभदायक मानिएको धारणा राखे ।

मुख्यमन्त्री पोखरेलले सैनामैना र रजहरमा संचालनमा रहेका चिकित्सालयका कारण प्राकृतिक उपचारको लागि गोरखपुर जानुपर्ने बाध्यता अन्त्य भएको बताउदै तीनै तहका सरकारको सहयोग रहने आश्वासन दिए ।उनले चिकित्सालयमा अहिले जे जति पूर्वाधार छन् त्यसैका आधारमा सेवा संचालन गर्न आग्रह गरे ।प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठले नगरपालिका नयां भएपनि वृहत गुरुयोजना अनुरुप विभिन्न योजना अगाडी बढाउंदै कार्यान्वयन गर्दै गएको र सरकारको तर्फबाट आवश्यक सहयोगका लागि पहल गर्ने बताए ।

सैनामैना नगरपालिकाका प्रमुख चित्र बहादुर कार्कीले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत अर्थमन्त्री एवं रुपन्देही क्षेत्र नं. २ बाट प्रतिनिधिसभामा निर्वाचित विष्णु पौडेलले उपलब्ध गराएको १ करोड रुपैयाबाट चिकित्सालयको मड तथा फिजियोथेरापी भवन निर्माण गर्न लागिएको जानकारी दिए ।कोरोना महामारीपछि संक्रमितहरुको उपचारको लागि आईसोलेसनको रुपमा प्रयोग गरिदै आएको चिकित्सालयमा हाल नियमित उपचार सेवा बन्द रहेको छ ।आगामी बैशाख ८ गतेदेखि भने नियमित सेवा संचालन गरिने चिकित्सालयका अध्यक्ष रामप्रसाद भट्टराईले जानकारी दिए ।तस्वीर : समयचक्रवाट 

प्रकाशित : २९ चैत्र २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६