ब्रेकिंग न्युज

बनका बिषयमा बुझ्नै पर्ने २ कुरा : दोहोरो मर्कामा उपभोक्ता



कपिलवस्तु ४ बैशाख । बन संरक्षणका लागि राज्यले मुख्यतय दुई कुराहरुमा ध्यान दिए पुग्ने जिल्ला बन अधिकृत इश्वरी प्रसाद पौेडेलले बताउनु भएको छ । उपभोक्ताहरुमा अहिले बन बचाए सदैव प्रयोग गर्न पाइन्छ भन्ने धारणा विकास हुन सकेमा र सरकारले पनि बन संरक्षण गर्दा हामीले नै लाभ लिने हो भन्ने कुरामा उपभोक्तालाई आश्वस्त पार्न सके राम्रो संग बन संरक्षण हुने बताउनु भयो ।

मायादेवी साझेदारी बन पटना कपिलवस्तु तेस्रो साधारण सभा कार्यक्रमलाई सूर्याेदय माविको प्रांगणमा संबोधन गर्दै बन अधिकृत पौडेलले सरकारले अर्काे कार्याविधि निर्माण नगरी बैज्ञानिक बन व्यवस्थापन कार्यविधि खारेज गर्नु गलत कार्य भएको धारणा राख्नु भयो पौडेलले कपिलवस्तुमा अन्य जिल्लामा भन्दा बन संरक्षण सम्बन्धि राम्रो सचेतना जागरुकता रहेको तर्क गर्नु भयो  । 

सोहि कार्यक्रमलाई सम्बोधन गर्दै साझेदारी बन महासंघ कपिलवस्तुका अध्यक्ष जयप्रकाश पाण्डेले २०७७ जेठ १५ देखि सरकारले बैज्ञानिक बन कार्यविधि खारेज गरेको र २०७७ जेठ २८ गते कुकाठ मात्र काट्ने अनुमति दिएको भए पनि बन पैदावरको निकासी गर्ने कार्यमा रोक लगाउँदा बन उपभोक्ताहरु मारमा परेको बताउनु भयो  । पाण्डेले बनहरुले डढेलो नियन्त्रण कार्यक्रमलाई बढि प्राथमिकतामा राख्नु पर्ने पनि धारणा राख्नु भएको छ । राजापानी सामुदायिक बनका अध्यक्ष ढाकाराम अधिकारीले राज्यको कुनै पनि निकाय बाट बन उपभोक्ताहरुका हक हितहरु खोस्ने काम भएमा आफूहरु आन्दोलनमा उत्रिन बाध्य हुने तर्क गर्नु भयो । 

सूर्याेदय माविका प्रधानध्यापक जगन्नाथ मरासिनीले बन संरक्षणमा सबै सचेत उपभोक्ता जागरुक हुन नसके बन सखाप हुने औल्याउनु भयो । बनका उपसमिति संयोजक तथा जेष्ठ नागरिक समाज नेपालका अध्यक्ष चन्द्रकान्त आचार्य आमन्त्रितहरुलाई स्वागत गर्दै अझैपनि प्रदेश वा संघ के को मातहतमा बनको संरक्षण संवद्र्धन र प्रवद्र्धन हुने भन्ने विषयमा अझै पनि अन्यौल रहेको औल्याउनु भयो । कार्यक्रमलाई सम्बोधन गर्दै साझेदारी बनका अध्यक्ष अब्दुल अजिज खाँले प्रदेश ७ मा मात्रै बैज्ञानिक बन व्यवस्थापन कार्यविधि कार्यान्वयनमा समस्या देखिँदा राज्यले पुरा देशैभरबाट कार्यविधि खारेज गर्नु गलत रहेको धारण राख्नु भयो । 

सो कार्यक्रममा राष्टपति चुरे तराई मधेश संरक्षण समितिका नवनियुक्त सदस्य भेषराज आचार्य वरुणको आतिथ्यता  सब डिभिजन बन कार्यालय पिपराका खिल बहादुर तामाङ, सूर्याेदय माविका अध्यक्ष ध्रुब चन्द्र थारु लगायतको आतिथ्यतामा भएकोहो । मायादेवी साझेदारीकोे तेस्रो साधारण सभा अध्यक्ष अब्दुल अजिज खाँको अध्यक्षता, अविन्द कुमार श्रीवास्तवको संचालनमा भएको हो ।

प्रकाशित : ४ बैशाख २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६