जीवनशैली

लुम्विनी प्रदेशका मुख्य शहरका वालवालिकाको संक्रमणदर उच्च,१६ वर्ष मुनिका धेरै प्रभावित



रुपन्देही ५ बैशाख । रूपन्देही, दाङ, बाँके, कपिलवस्तु लगायत जिल्लामा संक्रमित बढेका छन्  । बुटवल, भैरहवा, घोराही, तुलसीपुर, कोहलपुर, नेपालगन्जजस्ता मुख्य सहरमा ४ देखि १९ वर्षसम्मका बालबालिकामा संक्रमण बढिरहे पनि विद्यालयहरूले स्वास्थ्य मापदण्ड पालना गरेका छैनन् ।पछिल्लो एक सातामा बाँकेमा १६ वर्षमुनिकै ५५ बालबालिकामा संक्रमण देखिएको छ । त्यो संख्या तीव्र रूपले बढ्दो छ । बाँकेका जनस्वास्थ्य प्रमुख धीरजंग शाहका अनुसार पाँच वर्षमुनिकै चार बालबालिकामा संक्रमण देखिएको छ ।

‘पहिलो चरणमा पाँच प्रतिशतभन्दा कम दर रहेको बाँकेमा दोस्रो चरणमा १२ प्रतिशतमा संक्रमण देखिएको छ,’ उनले भने, ‘विद्यालय, मन्दिर, चर्च, मस्जिद खुल्नु र त्यहाँ स्वास्थ्य सुरक्षा सतर्कता कमजोर हुनु नै मुख्य कारण होला ।’ बाँकेमा पछिल्लो एक सातामा ५ सय २७ जनामा संक्रमण देखिएकामा ५४\५५ जना बालबालिका रहेको उनले बताए ।रूपन्देहीमा १० दिनमा २ सय ८ जना संक्रमित देखिएकामा १६ वर्षमुनिका ५ जना छन् ।

२० देखि ४० वर्ष उमेरका एक सय जनामा कोरोना संक्रमण देखिएको छ । रूपन्देहीमा पछिल्लो एक साता सबैभन्दा धेरै संक्रमित बुटवल र तिलोत्तमाका छन् । पाँच बालबालिका पनि बुटवल उपमहानगरपालिका र तिलोत्तमा नगरपालिकाभित्रकै रहेको जनस्वास्थ्य कार्यालयका कोभिड सहजकर्ता विवेक केसीले बताए

प्रकाशित : ५ बैशाख २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६