अन्तर्राष्ट्रिय

अक्सिजन आपूर्तीमा अवरोध गर्नेलाई फाँसीदिने अदालतको आदेश



एजेन्सी ११ बैशाख । अक्सिजन आपूर्तिमा कुनै पनि निकाय तथा व्यक्तिले अवरोध गराए फाँसी दिने आदेश भारतीय हाईकोर्टले जारी गरेको छ ।दिल्लीस्थित हाईकोर्टले एक अस्पतालले दायर गरेको उजुरीमा सुनुवाई गर्दै फाँसी दिने आदेश जारी गरेकोको भारतीय समाचार माध्यमहरुले बताएका छन् ।

  हाईकोर्टका न्यायाधीसद्वय जस्टिस विपिन साँघी र जस्टिस रेखा पल्लीको संयुक्त इजलासले अक्सिजन आपूर्तिमा अवरोध गराउनेलाई फाँसी दिने पक्षमा वकालत गरेको बताइएको छ ।भारतको महाराजा अग्रसेन अस्पतालले बिरामीको अवस्थालाई मध्यनजर गर्दै चाँडो भन्दा चाँडो अक्सिजन उपलब्ध गरान दिल्लीस्थित हाइकोर्टमा निवेदन दिएको थियो ।

  अदालतले दिल्ली सरकार, केन्द्र सरकार र स्थानीय सरकारलाई पनि अक्सिजन वितरण तथा उपलब्ध गराउने कार्यमा अवरोध गर्नेहरुको पहिचान गर्न र निगरानी गर्न भनेको छ ।त्यस्तैगरी यसअघि अवरोध सृजना गर्नेहरुलाई समेत फाँसी दिने जनाएको छ । भारतमा कोरोना महामारी अत्याधिक बढ्दै जाँदा अक्सिजनको अभावका कारण धेरैले ज्यान गुमाइरहेका छन् ।

प्रकाशित : १२ बैशाख २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६