अर्थ-वाणिज्य

सांसद पन्थीद्वारा गैससलाई कम्प्यूटर वितरण



कपिलवस्तु १४ बैशाख । लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य बिष्णु पन्थीले कपिलवस्तुको मायादेबी गाउपालिका वडा ३ बरगदवामा रहेको जनजागरण सामाजिक संस्थालाई एक थान कम्प्युटर प्रदान गर्नुभएको छ । सोमबार संस्थाका अध्यक्ष राकेश यादबलाई सासंद पन्थीले एक थान कम्युटरका सामग्री हस्तान्तरण गर्नुभएको हो ।

कम्युटरका सामग्री हस्तान्तरण गर्दै सांसद पन्थीले संस्थाका लागि विगत देखी नै खेलकुदका सामग्री वितरण गर्र्दै आएको र आवश्यक पर्ने अन्य सामग्री पनि निरन्तर दिदै जाने बताउनुभएको छ । कम्युटरको सहि सदुपयोग गर्दै संस्थाका प्राबिधिक कामहरुलाई प्रभाबकारी ढंगबाट गर्न आग्रह समेत गर्नुभएको छ ।

त्यहाको अर्को क्लबलाई पनि कम्प्युटर वितरण गर्ने तयारी रहेको बताउनुभयो । यता संस्था अध्यक्ष राकेश यादबले कम्प्युटर नहुदा अर्कौमा गएर गर्नुपर्ने बाध्यता रहेको र अब त्यो हट्ने बिश्वास लिनुभएको छ । संस्थाले हरेक बर्ष खेलकुदका कार्यक्रम संगै अन्य सामाजिक कामहरु गर्दै आईरहेको जनाईएको छ । 

प्रकाशित : १४ बैशाख २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६