कपिलवस्तु १४ बैशाख । लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य बिष्णु पन्थीले कपिलवस्तुको मायादेबी गाउपालिका वडा ३ बरगदवामा रहेको जनजागरण सामाजिक संस्थालाई एक थान कम्प्युटर प्रदान गर्नुभएको छ । सोमबार संस्थाका अध्यक्ष राकेश यादबलाई सासंद पन्थीले एक थान कम्युटरका सामग्री हस्तान्तरण गर्नुभएको हो ।
कम्युटरका सामग्री हस्तान्तरण गर्दै सांसद पन्थीले संस्थाका लागि विगत देखी नै खेलकुदका सामग्री वितरण गर्र्दै आएको र आवश्यक पर्ने अन्य सामग्री पनि निरन्तर दिदै जाने बताउनुभएको छ । कम्युटरको सहि सदुपयोग गर्दै संस्थाका प्राबिधिक कामहरुलाई प्रभाबकारी ढंगबाट गर्न आग्रह समेत गर्नुभएको छ ।
त्यहाको अर्को क्लबलाई पनि कम्प्युटर वितरण गर्ने तयारी रहेको बताउनुभयो । यता संस्था अध्यक्ष राकेश यादबले कम्प्युटर नहुदा अर्कौमा गएर गर्नुपर्ने बाध्यता रहेको र अब त्यो हट्ने बिश्वास लिनुभएको छ । संस्थाले हरेक बर्ष खेलकुदका कार्यक्रम संगै अन्य सामाजिक कामहरु गर्दै आईरहेको जनाईएको छ ।
प्रतिक्रिया