अर्थ-वाणिज्य

२ चौकीमा आगजनी गर्ने कपिलवस्तुका ७ सहित १२०को मुद्धा फिर्ता



कपिलवस्तु १५ बैशाख । सरकारले १२० जना प्रतिवादी भएको १५ वटा मुद्दा फिर्ता लिएको छ । १२० जना प्रतिवादी मध्ये कपिलवस्तुका मात्रै ७ जना रहेका छन् । मन्त्रिपरिषद्को बैठकले मुद्दा फिर्ता लिएको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पार्वत गुरुङले जानकारी दिनुभयो ।मुद्धा फिर्ता सम्बन्धमा आफूहरुलाई हालसम्म कुनै निर्देशन नआइसकेको भएपनि सरकार र जसपा विच यस अघिका वैठकहरुमा मधेस आन्दोलनका राजनीतिक प्रकृतिका मुद्धा फिर्ता लिने समझदारी भएकोले मधेस आन्दोलन सम्बन्धि मुद्धा फिर्ता गरिएको हुन सक्ने सरकारी वकिल कार्यालय कपिलवस्तुले जनाएको छ ।

यसरी मुद्धा फिर्ता भएका कपिलवस्तुका प्रतिवादीहरुमा साविक विठुवा गाविस वडा नम्बर ८ का तत्कालिन संघिय समाजबादी फोरम नेपालका क्षेत्रीय सदस्य राम नयन यादव, सोहि ठाउँका जुम्मन मुसलवान, छोटकी गनौरियाका इस्तखार मुसलवान, साविक लबनी गाविस वडा नम्बर १ बस्ने भू.पू. प्रहरी हवल्दार गणेश संकर पाण्डे, हथिहवा ९ शिवलवाका ओम प्रकाश चौधरी रहेको बताइएको छ ।अन्य दुई जना प्रतिवादीको भने मृत्यु भैसकेको छ । सोहि ठाउँ बस्ने दिपेन्द्र कुमार चौधरी र रेखा यादवको मृत्यु भएको हो ।

राम नयन यादव सहितका व्यक्तिहरुलाई मधेश आन्दोलनका बेला हालको शुद्धोधन गाउँपालिका अन्र्तगत रहेको लबनी र जमुनी प्रहरी चौकीमा आगजनी गरेको विषयमा ७ जनालाई मद्धा चलाइएको थियो ।उनिहरु विरुद्ध मुद्धा परेको भए पनि अदालतमा गएर तारिख लिई घरमै बस्दै आएको बताइएको छ । नेपाल सरकार वादी भई चलाएको फौजदारी मुद्दाहरु फिर्ता लिने सम्बन्धी निर्देशिका २०७७ बमोजिम यो निर्णय भएको सञ्चारमँिन्त्र गुरुङले बताउनु भयो ।

प्रकाशित : १५ बैशाख २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६