कपिलवस्तु १५ बैशाख । सरकारले १२० जना प्रतिवादी भएको १५ वटा मुद्दा फिर्ता लिएको छ । १२० जना प्रतिवादी मध्ये कपिलवस्तुका मात्रै ७ जना रहेका छन् । मन्त्रिपरिषद्को बैठकले मुद्दा फिर्ता लिएको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पार्वत गुरुङले जानकारी दिनुभयो ।मुद्धा फिर्ता सम्बन्धमा आफूहरुलाई हालसम्म कुनै निर्देशन नआइसकेको भएपनि सरकार र जसपा विच यस अघिका वैठकहरुमा मधेस आन्दोलनका राजनीतिक प्रकृतिका मुद्धा फिर्ता लिने समझदारी भएकोले मधेस आन्दोलन सम्बन्धि मुद्धा फिर्ता गरिएको हुन सक्ने सरकारी वकिल कार्यालय कपिलवस्तुले जनाएको छ ।
यसरी मुद्धा फिर्ता भएका कपिलवस्तुका प्रतिवादीहरुमा साविक विठुवा गाविस वडा नम्बर ८ का तत्कालिन संघिय समाजबादी फोरम नेपालका क्षेत्रीय सदस्य राम नयन यादव, सोहि ठाउँका जुम्मन मुसलवान, छोटकी गनौरियाका इस्तखार मुसलवान, साविक लबनी गाविस वडा नम्बर १ बस्ने भू.पू. प्रहरी हवल्दार गणेश संकर पाण्डे, हथिहवा ९ शिवलवाका ओम प्रकाश चौधरी रहेको बताइएको छ ।अन्य दुई जना प्रतिवादीको भने मृत्यु भैसकेको छ । सोहि ठाउँ बस्ने दिपेन्द्र कुमार चौधरी र रेखा यादवको मृत्यु भएको हो ।
राम नयन यादव सहितका व्यक्तिहरुलाई मधेश आन्दोलनका बेला हालको शुद्धोधन गाउँपालिका अन्र्तगत रहेको लबनी र जमुनी प्रहरी चौकीमा आगजनी गरेको विषयमा ७ जनालाई मद्धा चलाइएको थियो ।उनिहरु विरुद्ध मुद्धा परेको भए पनि अदालतमा गएर तारिख लिई घरमै बस्दै आएको बताइएको छ । नेपाल सरकार वादी भई चलाएको फौजदारी मुद्दाहरु फिर्ता लिने सम्बन्धी निर्देशिका २०७७ बमोजिम यो निर्णय भएको सञ्चारमँिन्त्र गुरुङले बताउनु भयो ।
प्रतिक्रिया