कपिलवस्तुमा कोरोनाका कारण आज एकैदिन ३ जनाको ज्यान गएको छ । मृत्यु हुनेमा वाणगंगा नगरपालिका वडा नं ६ का ३४ वर्षिय पुरुषको आफनै निवासमा, कपिलवस्तु नगरपालिका वडा नं २ का ६० बर्षिय पुरुषको भैरहवा मेडिकल कलेजमा र शिवराज नगरपालिका वडा नं ७ का ५७ बर्षिय पुरुषको बुटवल धागो कारखाना स्थित कोरोना बिशेष अस्पतालमा ज्यान गएको जनाईएको छ ।
यस्तै आईतवार थप २५० भन्दा बढि कोरोना संक्रमित थपिएका छन् । अहिले सम्म कुल संक्रमितको संख्या तिन हजार पुगिसकेको तौलिहवा स्थित कपिलवस्तु अस्पतालका कोरोना फोकल पर्सन उमेश घिमिरेले जानकारी दिनुभयो ।
प्रतिक्रिया