अन्तर्राष्ट्रिय

भारतमा भेटियो १५ गुणा खरनाक कोेरोनाको नया भेरियन्ट



एजेन्सी २२ बैशाख । कोरोनाभाइरसको दोस्रो लहरका कारण छिमेकी मुलुक भारतको स्वास्थ्य ब्यवस्थापनको अवस्था अस्तब्यस्त बनेको छ । त्यहाँ संक्रमण र मृत्यु दर तीव्र बनेको छ । यहीबीच भारतबाट अर्को डरलाग्दो समाचार आएको छ ।भारतमा पुनः कोरोना भाइरसको नयाँ स्ट्रेन फेला परेको छ । यसलाई एपी स्ट्रेन नाम दिइएको छ । यो भारतको आन्ध्र प्रदेशमा भेटिएको नयाँ कोरोनाभाइरस हो । यसलाई त्यहाँको सेन्टर फर सेल्यूलर एन्ड मलिक्युलर बायोलोजीले एन ४४० के नाम दिएको छ ।

कोरोनाको यो स्ट्रेन यसअघिकोभन्दा १५ गुणा बढी खतरनाक भएको बातइएको छ । कोरोना भाइरसको यो नयाँ भेरियन्टले संक्रमित विरामीलाई ३/४ दिनमै हाइपोक्सिया या डिस्पनियाको शिकार बनाउँछ । अर्थात संक्रमित विरामीको शरीरको अक्सिजन ३/४ दिनमै अत्यन्तै न्युन बनाउँछ ।यस अवस्थामा फोक्सोले काम गर्न छाड्छ । यो अवस्था भनेको अत्यन्तै चिन्ताजनक अवस्था हो । यस बेला विरामीलाई उचित उपचार गर्न नसके विरामीको मृत्यु निश्चित हुन्छ ।अहिलेसम्म दक्षिण भारतमा मात्रै विभिन्न पाँच प्रकारका कोरोना भेरियन्टहरु फेला परेको भारतीय सञ्चार माध्यम दैनिक भास्करले जनाएको छ ।

प्रकाशित : २२ बैशाख २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६