अन्तर्राष्ट्रिय

अन्तरराष्ट्रिय व्यापार मेला मङ्सिर तेस्रो साता



काठमाडौँ, १५ कात्तिक

नेपालको अन्तरराष्ट्रिय व्यापार प्रवर्द्धन गर्ने उद्देश्यले आगामी मङ्सिर १७ देखि २१ गतेसम्म राजधानीमा ११औँ संस्करणको ‘नेपाल अन्तरराष्ट्रिय व्यापार मेला’ हुने भएको छ । नेपाल सरकारको सहयोग र निजी क्षेत्रको आयोजनामा हुने सो मेलामा चीन, भारत, पाकिस्तान, बङ्गलादेश र भुटानका व्यवसायीको सहभागिता रहनेछ । नेपाल व्यापार एकीकरण रणनीतिमा विशेष रुपमा पहिचान गरिएका अलैँची, चिया, अदुवा, औषधीय तथा सुगन्धित जडीबुटी, हस्तकला, पश्मिनालगायत वस्तुको निर्यात वृद्धि गर्न सघाउ पु¥याउने उद्देश्यले मेला आयोजना गरिएको हो । कुल २०० भन्दाबढी कक्षमार्फत मेलामा स्वदेशी एवं विदेशी वस्तु तथा सेवाको प्रदर्शनी हुने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । मेलामा सार्क राष्ट्रसहित चीन, कोरिया र जापानलगायत देशका क्रेताहरुलाई आमन्त्रण गरिसकिएको नेपाल उद्योग वाणिज्य महासङ्घले जनाएको छ । मेलाको मुख्य आकर्षणमा नेपालमा निर्मित हस्तकलाका उत्पादन, वस्तुगत सङ्घका उत्पादन तथा विद्युतीय सवारीसाधनको छुट्टै पेभिलियन रहनेछ । द्विपक्षीय व्यापार प्रवर्द्धन तथा लगानीबारे छलफल हुने मेला करिब एक लाखले अवलोकन गर्ने अनुमान गरिएको छ । मेलाबाट नेपालमा अन्तरराष्ट्रिय लगानी तथा प्रविधि आकर्षण गर्ने, नेपाली उत्पादनको अन्तरराष्ट्रिय बजार प्रवर्द्धन गरी समग्रमा मुलुकको अर्थतन्त्रलाई माथि उठाउन सहयोग पुग्ने महासङ्घको विश्वास छ । –––

प्रकाशित : १६ कार्तिक २०८३, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६