बुटवल २२ बैशाख । रुपन्देहीमा आज पनि ५८७ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । जिल्लामा रहेको पीसीआर ल्यावहरुमा १३२८ नमुना परीक्षण गर्दा ५८७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आज पनि बुटवल उपमहानगरमा जिल्लाका सबै स्थानीय तहमा भन्दा बढी संक्रमित थपिएका छन् ।जल्लामा ४९५५ जना सक्रिय संक्रमित रहेकोमा १६४ जना लक्षण सहितका संक्रमित रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।यो प्रतिशतमा हेर्दा सून्य दशमलव सून्य ३ मामात्र कोरोनाको लक्षणको प्रमाण हो ।
रुपन्देहीको बुटवल उपमहानगरमा पछिल्लो २४ घण्टामा २५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने तिलोत्तमामा १३६ जना, सिद्धार्थनगरमा ६७ जना, सैनामैनामा ४३ जना र देवदहमा ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसैगरि क१चन र सुद्धोधनमा १२।१२ जना, ओमसतियामा ७ जना, रोहिणी र सियारीमा ५।५ जना, गैडहवा र मायादेबीमा ३।३ जना, लुम्बिनी साँस्कृतिक नगरमा २ जना र कोटहिमाईमा १ जनामा संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार पछिल्लो २४ घण्टामा रुपन्देहीमा १३ जनाको मृत्यु भएको छ । जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २३३ पुगेको छ । आज रुपन्देहीमा २९५ जना कोरोना मुक्त भएर घर फर्केका छन् ।
प्रतिक्रिया