जीवनशैली

कोरोनाको औषधीमा कालोबजारी गर्दा हिरासतको कालकोठरीमा वास



काठमाडौ २३ बैशाख ।  कोरोनाको औषधीमा कालोबजारी गर्दा प्रिहरी हरासतको कालकोठरीमा वास गर्ने स्थितीमा एक यूवा पुगेका छन् । चौविस हजार पर्ने औषधीलाई एक लाख २० हजार रुपैयामा बिक्रि गरेको अभियोगमा काठमाण्डौमा उनी पक्राउ परेका छन् ।कोरोनाभाइरस संक्रमितलाई दिइने औषधी कालोबजारी गरेको आरोपमा बसुन्धराबाट गोरखाको आरुघाट घर भएका २४ बर्षिय रफिक मियालाई प्रहरीले पक्राउ गरेको हो ।

कोरोना भाई रसका संक्रमितलाई दिईने रेम्डेसिभिर नामक औषधी २४ हजार रुपैयाँ पर्ने रफिकले १ लाख २० हजार रुपैयाँमा बिक्री गरेको आरोपमा प्रहरीले लगाएको छ ।अनुसार उनी खुला रूपमा औषधी बिक्री गरिरहेका थिए।उनले टिचिङ अस्पतालको सेवक फर्माबाट औषधी लगेर एक लाख बीस हजारमा बिक्री गर्ने गरेको गुनासोका आधारमा महानगरीय अपराध महाशाखाले उनलाई नियन्त्रणमा लिएको हो ।प्रहरीले सेवक फर्माका सञ्चालक दिपक ढकाल संगको मिलोमतोमा चर्को मुल्य लिएर बिक्रि गर्ने गरेको प्रहरीको आशंका छ । सेवक फर्माका सञ्चालक दीपक ढकाल भने फरार छन् ।

स्वास्थ्य मन्त्रालयको अनुमतिमा मात्र बिक्रि बितरण गर्न पाईने रेम्डेसिभिर नामक औषधी कोरोनाको उपचार गर्ने सीमित अस्पताललाई मात्र दिएको छ । तर उक्त सेवक फर्माले भने त्यो औषधी बिक्रि गर्ने अनुमती नै नपाएकोले कहाबाट कसरी ल्यायो भन्ने खुल्न बाँकी रहेको महानगरीय अपराध महासाखाले जनाएको छ ।पक्राउ परेकालाई कालोबजारी ऐन, संक्रामक रोग ऐन अन्तर्गत कारबाही हुने प्रहरीले जनाएको छ । जहाँ पायो त्यहीँ नपाइने उक्त औषधी के कसरी उक्त फर्मामा पु¥याइयो र त्यसमा क–कसको संलग्नता छ भन्नेबारे अनुसन्धान भइरहेको महाशाखा मुद्दा शाखाका प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीले बताए ।

प्रकाशित : २३ बैशाख २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६