अर्थ-वाणिज्य

प्रहरीद्वारा अक्सिजन सिलीण्डर संकलन :तीन अस्पताललाई वितरण



कपिलवस्तु २५ बैशाख ।  अक्सिनका अभावमा बिरामीहरुको उपचारमा समस्या भईरहेका बेला कपिलस्तु प्रहरीले कपिलवस्तुका  ३ अस्पताललाई २९ वटा अक्सिजन सिलिन्डर हस्तान्तरण गरेको छ । प्रहरी उपरिक्षक नवराज अधिकारीले ३ पालिकामा रहेका सकारी अस्पताललाई सो हस्तान्तरण गर्नु भएको हो । कपिलवस्तु अस्पताल चन्द्रौटा र शिवराज अस्पताललाई सो सिलिन्डर हस्तान्तरण गर्नु भयो । 

उहाले कपिलस्तु अस्पतालका अध्यक्ष तथा मेयर किरण सिंहलाई १६ शिवराज नगरपालिकाका मेयर नेत्रराज अधिकारीलाई १० र कृष्णनगर नगरपालिका मेयर रजन प्रताप शाहलाई ३ सिलिन्डर प्रदान गर्नु भयो । बिभिन्न उद्योग कर कारखानामा रहेको सिलिन्डर संकलन गरी अस्पतालाई हस्तान्तरण गरेको प्रहरी उपरिक्षक अधिकारीले बताउनु भयो । अक्सिजन अभावले संक्रमितहरुको उपचारमा समस्या भईरहेका बेला आफुहरुले सो कार्य गरेको उहाको भनाइछ । 

‘ शान्ति सुरक्षा सहित यो बिपतको बेला बिरामीको उपचारमा सहजता प्रदान गर्न यो कार्य गरेका हौ ’ उहाले भन्नु भयो  । प्राप्त सिलिन्डर तिनै मेयरले अस्पतालाई दिनु भएको छ ।यता संकटको बेलामा  प्रहरीको सह्रानिय काम गरेको उपभोक्ता हीत संरक्षण मञ्चका अध्यक्ष भेषराज पाण्डेले वताउनु भयो ।  मेयर सिंहले अक्सिजनको अभावमा बिरामीहरुको उपचारमा समस्या आईरहेका बेला प्रहरीले गरको यो काम निकै राम्रो नागरिक समाज कपिलवस्का अध्यक्ष दोलख वहादुर पछाईले वताउनु भयो । प्रहरी उपरिक्षक अधिकारीले आफुहरुलृ अरु सिलिन्डर समेत संकलन गरी हस्तान्तरण गर्ने आश्वासन दिनु भयो । 

प्रकाशित : २५ बैशाख २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६