कपिलवस्तु २६ बैशाख ।कपिलवस्तु २६ बैशाख ।निधेषाज्ञा उल्लंघन १८० सवारी साधनलाई शनिवार कपिलवस्तु प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्लाका विभिन्न स्थानबाट प्रहरीले १०१ मोटरसाइकल ७८ वटा साइकल र एउटा ट्याक्टरलाई निषेधाज्ञा उल्लंघन गरेकोमा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।
निषेधाज्ञाको समयमा उल्लंघन गरि पसल खोल्ने १६ जना व्यापारीलाई समेत जिल्ला प्रहरी कार्यालय कपिलबस्तुले आज नियन्त्रणमा लिएको छ। केहि सवारी साधनहरु नियन्त्रणमा लिनु बाहेका शान्तिपूर्ण तरिकाले आज पनि जिल्लाबासिले निषेधाज्ञाको पालना गरेको प्रहरीले जनाएको छ ।शुक्रबार पक्राउ परेका सवारी साधन मालिकलाई उचित कारवाहि गरि आगामी दिनमा यस्तो नगर्ने भनि कागज गरेर छाडेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।
निशेषधाज्ञामा अत्यावश्यक वस्तु र सेवा बाहेक अरु सबै ठप्प भएका हुन् । अत्यावश्यक वस्तु किनमेलका लागि पनि बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म पसलहरु भने खुला रहेका थिए । निशेधाज्ञा उलंघन गर्ने जो सुकैलाई संक्रामक रोग ऐन २०२० अनुसार कडा कारबाही गरिने प्रशासनले जनाएको छ ।
प्रतिक्रिया